१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ अपडेटः बालेन्द्र शाह ४०२ मतका साथ अग्रस्थानमा



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार १८० मत गणना गर्दा उहाँले ४०२ मत प्राप्त गर्नुभएको हो । सुरुआतदेखि नै अग्रता लिनुभएका साहले मतान्तर बढाउँदै लैजानुभएको छ ।

राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गर्नुभएको छ । उहाँ साहभन्दा ८३ मतले पछि हुनुहुन्छ । गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले २०२ मत ल्याउनुभएको छ । उहाँ साहभन्दा २०० मतले पछाडि हुनुहुन्छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत प्राप्त गर्नुभएको छ ।

अहिले काठमाडौँ महानगर–१, २, ३ र ३२ को मतगणना जारी रहेको काठमाडौँका जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । काठमाडौँ महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको थियो ।

उपप्रमुखमा डङ्गोलको अग्रता

यस्तै महानगरको उपप्रमुख पदमा नेकपा ९एमाले० का उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिनुभएको छ । सार्वजनिक मत परिणाम अनुसार उहाँले ५३० मत प्राप्त गर्नुभएको छ । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेकपा ९एकीकृत समाजवादी० का रामेश्वर श्रेष्ठले ११० मत ल्याउनुभएको छ ।