२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा माली, गिनी, बुर्किना फासोमा संवैधानिक व्यवस्थामा आग्रह



अ+ अ-

डाकार । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार साँझ माली, गिनी र बुर्किना फासोका अधिकारीहरूलाई जतिसक्दो चाँडो संवैधानिक प्रक्रियामा फर्किन आग्रह गर्नुभएको छ।

सेनेगलका राष्ट्रपति म्याकी सालसँगको पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघका प्रमुखले भन्नुभयो ‘संवैधानिक प्रक्रियामा छिटो फर्कन तीन देशका अधिकारीहरूसँग वार्ता जारी राख्नु महत्त्वपूर्ण छ।

उहाँले सहेल क्षेत्रको सुरक्षा अवस्थाको बारेमा पनि आफ्नो चिन्ता व्यक्त गर्दै अफ्रिकी युनियनद्वारा लागू गरिएको र संयुक्त राष्ट्रसंघको समर्थनमा बलियो अफ्रिकी शान्ति स्थापना र आतङ्कवाद विरोधी अभियानहरूू जारी राख्ने वाचा व्यक्त गर्नुभयो।

उहाँले सम्पूर्ण अन्तरराष्ट्रिय समुदायलाई पश्चिम अफ्रिकी देशहरूलाई समर्थन गर्न आह्वान गर्नुभएको छ ।

गुटेरेस शनिबार साँझ डाकार पुग्नुभएको थियो। उहाँले नाइजर र नाइजेरियाको पनि भ्रमण गर्नुहुनेछ।