२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा १७ जना कम्युनिष्ट योद्धालाई सम्मान (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई विभिन्न कालखण्डमा सहयोग पु¥याउनु हुने योद्धाहरुलाई सम्मान गर्नु भएको हो । यसरी सम्मानित हुनुहुनेमा कास्कीका स्वतन्त्र वामपन्थी नेता टेकनाथ बराल रहनु भएको छ ।

त्यसैगरी काठमाडौंकी नानीमैयाँ नकर्मी, अर्घाखाँचीका नेत्रप्रसाद ढुंगाना र तुलसी मिश्र, गोरखाका कुमार गुरुङ रहनु भएको छ । ललितपुरका चतुर व्यञ्जनकार, भारतीय कम्युनिष्ट पार्टीका सदस्य लिएर पछि नेकपाको सदस्य लिने हरिप्रसाद शर्मा काफ्ले, बागलुङका बसन्त गौचनलाई पनि सम्मान गरिएको छ । जनवादी गायक रामकृष्ण दुवाललाई पनि सम्मान गरिएको छ ।

सिन्धुपाल्चोकका छत्र बोहोरा, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष माधवप्रसद अधिकारी, चुमकला बञ्जाडे, लक्ष्मीराज जोशी, अमर कार्की, धनुषाका फोटो पत्रकार विष्णु डंगोल, कुमारीदेवी महरा चमार, झापाका भिमबहादुर खतिवडालाई कम्युनिष्ट योद्धाको रुपमा सम्मान गरिएको छ ।