२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहसिक पर्वतारोही पुर्जाले विश्वकप २०२२ फुटबल सगरमाथाको शिखरमा लैजाने



अ+ अ-

काठमाडौँ । साहसिक पर्वतारोही निर्मल पुर्जाले ‘अल रिहला’ आधिकारिक विश्वकप २०२२ फुटबल प्रतियोगिताको बल लिएर सगरमाथाको शिखर आरोहण गर्ने भएका छन् ।

उनले एक ट्विट गर्दै भनेका छन्, “म ‘अल रिहला’– आधिकारिक विश्व कप २०२२ म्याच फुटबल– सगरमाथाको शिखरमा यात्रामा मद्दत गर्न पाउँदा गर्व गर्छु। यो यात्रा– बाउन्डरीहरू पार गर्ने, आफैँमा र टिमवर्कमा विश्वास गर्ने बारे हो।”

पुर्जाले सात महिनाभन्दा कम अवधि (१८९ दिन) मा समुद्री सतहबाट आठ हजार मिटरभन्दा अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका छन् ।

उनले सम्भव छ भन्ने नाराका साथ ७ महिनाभित्र सबैभन्दा ठूला १४ वटै हिमाल आरोहण गर्ने अभियान थालेका थिए । ‘असम्भवलाई सम्भव बनाउनु र मानवको सीमिततालाई अर्को तहमा पुर्‍याउनु नै हाम्रो एक मात्र लक्ष्य थियो’, पुर्जाले भनेका छन् ।