२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने ओडिआईमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।

सन्दीपले पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय खेलमा विकेट लिँदै उक्त सफलता हात पारेका हुन् । सन्दीप २२ खेलमा ५० विकेट पूरा गर्न सफल रहे ।

ओडिआई विश्व क्रिकेटमा सर्वाधिक छिटो विकेट श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा ५० विकेट लिएका छन् ।

सन्दीप ओडिआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलर बनेका छन् । सन्दीपले भारतीय पूर्व तीव्र गतिका बलर अजित अगरकरलाई पछि पारे । अगरकरले २३ खेलमा ५० विकेट पूरा गरेका थिए ।