१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु

७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौं । अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो ७२ घण्टादेखि राज्यको सम्पर्कबाट लगभग विच्छेद भएको छ ।

विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभर विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने बेनी–जोमसोम–कोरला सडकखण्डका ४६ स्थानमा क्षति पुगेको छ । सडक, विद्युत् तथा सञ्चार पूर्वाधारमा भएको क्षतिले स्थानीय जनजीवनसँगै राष्ट्रिय आपूर्ति प्रणालीसमेत प्रभावित भएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा मुस्ताङका नेपाली कांग्रेस सांसद योगेश गौचन थकालीले जिल्लाको विपद्को अवस्थाबारे सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले लोमान्थाङ गाउँपालिकाका विभिन्न वडामा सिँचाइ प्रणाली र कृषि पूर्वाधारमा क्षति पुगेको तथा घरपोझ्याङ र थासाङ गाउँपालिकाका बस्ती जोखिममा परेको जानकारी गराउनुभयो ।

विशेषगरी लुक्रा गाउँमा स्थानीयका घर पूर्ण तथा आंशिक रूपमा क्षति भएको उहाँले बताउनुभयो ।

म्याग्दीको दानामा रहेको सबस्टेसन र ३३ केभी प्रसारण लाइनमा क्षति पुगेपछि मुस्ताङ तीन दिनदेखि अन्धकारमा रहेको सांसद थकालीले बताउनुभयो । सञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लाको वास्तविक अवस्था बुझ्न र उद्धार तथा राहत कार्य अघि बढाउनसमेत राज्य संयन्त्रलाई कठिनाइ भइरहेको उहाँको भनाइ थियो ।

सांसद थकालीले दुर्गम सीमावर्ती क्षेत्रमा सडक, विद्युत् र सञ्चारको पहुँच कायम राख्नु तथा विपद्का बेला तत्काल उद्धार गर्न सक्ने व्यवस्था मिलाउनु राष्ट्रिय सुरक्षाको महत्वपूर्ण आधार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुरक्षालाई सेना र प्रहरीमा मात्र सीमित नराखी आधारभूत पूर्वाधारको सुरक्षामा पनि राज्यले ध्यान दिनुपर्छ।”

बेनी–जोमसोम–कोरला सडकखण्ड स्थानीय सडक मात्र नभई रणनीतिक महत्वको राष्ट्रिय पूर्वाधार भएको उल्लेख गर्दै उहाँले सडक अवरुद्ध हुँदा चीनसँगको व्यापारिक सम्पर्क र राष्ट्रिय आपूर्ति सञ्जालमा प्रत्यक्ष असर परेको बताउनुभयो ।

सांसद थकालीले मुस्ताङमा देखिएको विपद्लाई राष्ट्रिय सुरक्षा र जलवायु सुरक्षाको दृष्टिकोणबाट हेरी तत्काल उद्धार, राहत तथा पूर्वाधार पुनःस्थापनाका लागि सरकारको प्रभावकारी पहल आवश्यक रहेको बताउनुभयो ।