२३ असार २०८३, मंगलवार
,
Latest
मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जाइरा’ लाई भुवन केसीको पोजिटिभ कमेन्ट



अ+ अ-

शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘जाइरा’ ले दर्शकको मन जित्न त्यति सफल नभएको कारण यसको व्यपार पनि निकै नै कम मात्रामा भएको छ । ‘सेलिब्रिटी शो’ नाम दिएर आयोजना गरिएको चलचित्रको प्रदर्शनमा पुगेका कलाकारहरुले नायिका नम्रता श्रेष्ठको अभिनयको प्रशंसा भने गरेका थिए ।

नायक भूवन केसीले नम्रताले फरक भूमिका गरेको भन्दै प्रशंसा गरेका थिए । उनले, खलपात्रको भूमिकामा देखिएकी श्रृजना रेग्मीको भूमिका पनि उत्कृष्ट लागेको पनि सुनाए । कलाकार सुनिल थापा, नायिका केकी अधिकारी, रीमा विश्वकर्मा लगायतले पनि नम्रताको कामको प्रशंसा गरेका थिए ।

नायिका अधिकारीले भनिन्–‘मेरो दिमागमा अझै पनि क्लाइमेक्सको दृश्य बसिरहेको छ । श्रृजना, प्रमोद, अनुपको काम उम्दा छ ।’ प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको यस चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् । यो चलचित्र निर्देशन आशुतोष राज श्रेष्ठले गरेका हुन् ।