२ भाद्र २०८३, मंगलवार
,
Latest
‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान, संविधान र अदालतको आदेशअनुसार तोकिएकै समयभित्र पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले समयको चापलाई ध्यानमा राख्दै निर्धारित कार्यतालिकाअनुसार महाधिवेशनका सबै प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो । उहाँले कांग्रेस अहिले संवैधानिक व्यवस्था, पार्टीको विधान र अदालतको फैसलाले बाँधिएको उल्लेख गर्नुभयो ।

सभापति थापाले यसपटक क्रियाशील सदस्यताको विवरण डिजिटलाइज्ड भएकाले विगतको तुलनामा महाधिवेशन प्रक्रिया केही सहज हुने अपेक्षा गरिएको बताउनुभयो । तर, सदस्यता विवरणदेखि अधिवेशनका अन्य प्रक्रियासम्म कुनै पनि प्रकारको अनियमितता र पूर्वाग्रह हुन नहुनेमा उहाँले सचेत गराउनुभयो ।

महाधिवेशनको औपचारिक प्रक्रिया प्रारम्भ भइसकेको जानकारी दिँदै उहाँले निर्वाचन समितिले तय गरेको कार्यतालिकालाई पूर्ण रूपमा पालना गरिने स्पष्ट पार्नुभयो । केन्द्रीय कार्यसमितिले असोज १६ गते महाधिवेशनको अन्तिम मिति र स्थान तय गरिसकेकाले सोही मितिलाई आधार बनाएर जिल्ला तथा अन्य तहका अधिवेशन सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।

सभापति थापाले भन्नुभयो, “अदालतले असोज १६ गतेलाई महाधिवेशनको अन्तिम आधार मानेको छ। त्यसैले हामीसँग अब समयको सुविधा छैन । हामीले अत्यन्तै छोटो अवधिभित्र सबै प्रक्रिया टुङ्ग्याउनुपर्ने चुनौती छ । अधिवेशनको प्रक्रिया टुङ्गिँदै गर्दा कुनै पनि प्रश्न नउठ्ने गरी निष्पक्ष र पारदर्शी ढङ्गले काम सम्पन्न गर्नुपर्नेछ ।”

जिल्ला तहमा हुने अधिवेशनमा कानून व्यवसायी, शिक्षक, प्राध्यापक लगायत विभिन्न पेशाकर्मीलाई समेत सहभागी गराई प्रक्रिया थप व्यवस्थित बनाउनुपर्नेमा सभापति थापाले जोड दिनुभयो ।

विधानमा भएका नयाँ व्यवस्था, निर्वाचन निर्देशिका तथा नियमबारे स्पष्ट भएर अघि बढेमा भविष्यमा आउन सक्ने कानूनी जटिलता न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो । उहाँले निर्वाचन समितिलाई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्दै महाधिवेशन प्रक्रियामा सबै पक्षले अपनत्व महसुस गर्ने वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।