२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी प्रधानमन्त्री क्युबा जाँदै



अ+ अ-

हवाना । रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेभ आगामी बिहीबार क्युबा भ्रमणमा जान लाग्नुभएको छ ।

रुसको विदेश मन्त्रालयका उच्च अधिकारीले दिएको जानकारी अनुसार उहाँ आगामी बिहीबार र शुक्रबार औपचारिक भ्रमणका रुपमा क्युबा जान लाग्नुभएको समाचारमा जनाइएको छ ।
उक्त भेटका क्रममा द्विपक्षीय हितका विविध विषयका साथै व्यापार, अर्थ, ऊर्जा र सांस्कृतिक आदानप्रदान लगायतका क्षेत्रमा आपसी छलफल र सहयोग आदानप्रदान र लगानीबारे सम्झौता हुने बताइएको छ ।

प्रधानमन्त्री मेदवेदेभले सन् २०१३ मा क्युबाको भ्रमण गर्नुभएको थियो । त्यस क्रममा रुस र क्युबाबीच कैयौँ विषयमा आपसी साझेदारीका साथै सहयोग सम्झौता भएको थियो ।
यी दुई देशबीचको द्विपक्षीय व्यापार यस वर्षको अन्त्यसम्ममा कम्तीमा पनि ५० करोड अमेरिकी डलर बराबर पुग्नसक्ने अनुमान गरिएको बताइएको छ ।
यी दुई देशले यही सेप्टेम्बर महिनाको मध्यतिर पनि मस्कोमा व्यापार र ऊर्जाका क्षेत्रमा द्विपक्षीय समझ्दारीपत्रमा हस्ताक्षर गरेका थिए ।
रुसी विदेश मन्त्रालयले मङ्गलबार प्रधानमन्त्री मेदवेदेभको क्युबा भ्रमणको तालिका सार्वजनिक गरेको छ । उहाँको भ्रमणमा रुसका अन्य वरिष्ठ अधिकारीहरुको पनि सहभागिता रहने सो समाचारमा जनाइएको छ ।