७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेल्सन मण्डेलाकी छोरी राजदूतमा नियुक्त



अ+ अ-

सियोल । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छिन् । गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल आइपुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग पहिलो भेटघाट गरिन् ।

योनहाप समाचार संस्थासँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको सुनाइन् । उनले दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउनेतर्फ कार्य गर्ने स्पष्ट गरिन् ।

उनले चाँडै दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन समक्ष भेटघाट गर्ने कार्यक्रम छ ।
हाल ६० वर्ष पुगिसकेकी जेनानी नेल्सन मण्डेला र विन्नी मण्डेलाकी जेठी छोरी हुन् । यसअघि उनले पाँच वर्षसम्म अर्जेन्टिनाको राजदूतको जिम्मेवारी सम्हालिसकेकी छिन् । उनी मरिससका लागि उच्चायुक्त समेत बनेकी थिइन् ।