७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु तीन घाइते



अ+ अ-

काठमाडौं । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो ।

सो आगलागीमा १ सय ५० वर्ग मिटरसम्म फैलिएको स्थानीय स्रोतले शुक्रबार जनाएको छ । आगालागी भएको बेला उक्त भवनभित्र २५ व्यक्ति रहेका थिए । ती मध्ये आठ जनालाई उपचारको लागि अस्पताल लगिएको थियो ।

उपचारको क्रममा पाँचको मृत्यु भएको थियो । एक जनाको अति सघन कक्ष ९आइसियु०मा राखेर उपचार भईरहेको र सामान्य रुपमा घाइते भएका दुई जना उपचारपछि घर फकिएको जनाइएको छ ।

स्थानीय समयानुसार शुक्रबार विहान ७ः५० मा उक्त आगलागी नियन्त्रणमा लिइएको र आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ ।