७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलमा भएको ह’त्याको राष्ट्रसंघद्धारा निन्दा



अ+ अ-

काबुल । अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनमाथि भएको हिं’सात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ ।
काबुलमा भएको ब’म ह’मलामा परी अफगानिस्तानमा कार्यरत राष्ट्रसंघीय मिसनका कर्मचारीको नि’धन भएको थियो ।

उक्त हमलाको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा ती आक्रमणकारीलाई कानुनबमोजिम कारबाही गर्न आग्रह गरेको छ । आइतबार साँझ एकजना व्यक्तिले राष्ट्रसंघका कर्मचारी यात्रा गरिरहेको सवारी साधनमा हमला गरेको थियो ।

सो हमलामा परी केही कर्मचारीको ज्यान गएको थियो भने अरु केही घाइते भएका थिए । उक्त हिंसात्मक हमलाको कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन । अफगानिस्तानमा शान्ति स्थापनाको कार्यमा कार्यरत राष्ट्रसंघीय मिसनका कर्मचारीहरुमाथि यहाँ समय समयमा यस्तै हिंसात्मक हमला हुने गर्दछ । जसका कारण यहाँ कार्यरत अमेरिकी तथा नेटो सैन्य र अन्य कर्मचारीहरुको पनि ज्यान जाने गरेको छ ।