३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलद्वारा ब्याजदर कटौती



अ+ अ-

रियो दि जेनेरियो । ब्राजिलको केन्द्रीय बैंक मौद्रिक नीति समिति (कोपोम)ले ब्याजदरलाई ०.५ प्रतिशतले घटाउने निर्णय गरेको छ । यससँगै बैंकको ब्याजदर अहिलेसम्मकै निम्न ४.५ प्रतिशत कायम भएको छ ।

समितिले बुधबार ब्याजदर परिवर्तनको घोषणा गरेको हो । सन् २०१८ को मेदेखि सन् २०१९ को जुनसम्ममा ब्राजिलको ब्याजदर स्थिर थियो । सन् २०१९ मा ब्याज परिवर्तन गरिएको यो चौँथोपटक हो । ब्याजदरसम्बन्धी पछिल्लो निर्णयसँगै ब्याजदरमा दुई अङ्कको कमी आएको छ ।

पछिल्लो आर्थिक तथ्याङ्कले ब्राजिलको अर्थतन्त्रमा वृद्धि भएको सङ्केत गरेको कोपोमले जनाएको छ । बैंकका अधिकारीहरूले ब्राजिलको अर्थतन्त्रमा क्रमिक सुधारको रफ्तार रहने विश्वास गरेका छन् ।

कोपोमले सन् २०१९ का लागि ब्राजिलको मुद्रास्फीति दर चार प्रतिशत र सन् २०२० का लागि ३.५ प्रतिशत रहने जनाएको छ ।

मौद्रिक समितिको सन् २०१९ कोे अन्तिम बैठकले ब्याजदरसम्बन्धी नयाँ निर्णय गरेको हो । समितिको अर्को बैठक सन् २०२० फेब्रुअरी ४ र ५ गते गर्ने तय भएको छ ।