२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहाडी इलाकामा शत्तिशाली भुकम्प



अ+ अ-

काठमाडौं । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।

माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यस भूकम्पबाट ज्यान गुमाउन व्यक्तिहरुमा छ बर्षीया एक बालिकासमेत रहेकी जनाइएको छ ।

अन्य छ जनाको शव भने पदादा सहरमा रहेको व्यापारिक भवन भित्र च्यापिएको अवस्थामा उद्धारकर्ताहरुले सोमबार फेला पारेका स्थानीय पत्रिका ‘फिल्स्टार ग्लोबल’ जनाइएको छ ।

खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछिको पहिलो चार घण्टासम्म १ सय ७९ ओटा पराकम्प गएको पनि उनीहरुले जनाएका छन् ।