९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह



अ+ अ-

काठमाडौँ: नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाश्मीले कश्मीरसम्बन्धी दीर्घकालीन विवादको समाधान संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव ४७  को पूर्ण कार्यान्वयनबाट मात्र सम्भव हुने बताउनुभएको छ ।

कश्मीर एकता दिवसका अवसरमा आज यहाँस्थित दूतावासमा आयोजित कार्यक्रममा राजदूत हाश्मीले उक्त प्रस्तावले समस्या समाधानका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गरेको उल्लेख गर्नुभयो । प्रस्तावमा भारत र पाकिस्तानबीच युद्धविराम, कश्मिरबाट सैन्य बल फिर्ता तथा जम्मु–कश्मीरका जनतालाई आफ्नो भविष्य स्वयं निर्धारण गर्न स्वतन्त्र तथा निष्पक्ष जनमतसङ्ग्रहको व्यवस्था गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घले सुनिश्चित गरेको कश्मीरी जनताको आत्मनिर्णयको अधिकारसम्बन्धी प्रस्ताव पारित भएको सात दशक बितिसक्दा पनि अझै पूरा हुन नसकेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । कश्मीरसम्बन्धी संयुक्त राष्ट्रका प्रस्तावहरूको कार्यान्वयन सुनिश्चित गर्न अन्तरराष्ट्रिय समुदायले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा राजदूत हाश्मीले जोड दिनुभयो ।

कश्मीर एकता दिवस कश्मीरी जनताप्रति ऐक्यबद्धता प्रकट गर्न तथा कश्मीर विवाद अझै समाधान हुन नसकेको अवस्थालाई उजागर गर्न प्रत्येक वर्ष मनाइने गरिन्छ ।