१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

एपस्टेन फाइल सार्वजनिक हुन ढिलाइ

एपस्टेन फाइल सार्वजनिक हुन ढिलाइ
अ अ+ अ-

वासिङ्टन। अमेरिकी न्याय मन्त्रालयले दोषी ठहर भइसकेका यौन अपराधी जेफ्री एपस्टेनसँग सम्बन्धित २० लाखभन्दा बढी कागजातहरू अझै पनि समीक्षाको प्रक्रियामा रहेको जनाएको छ ।

ती सबै फाइल सार्वजनिक गर्ने समयसीमा थप दुई हप्ताभन्दा बढी सारिएको विभागले सोमबार जानकारी दिएको हो । मन्त्रालयले गत महिना बदनाम फाइनान्सर एपस्टेनमाथि दशकौँसम्म गरिएको अनुसन्धानसँग सम्बन्धित कागजातहरू सार्वजनिक गर्न सुरु गरेको थियो । तर ‘एपस्टेन फाइल ट्रान्सपरेन्सी ऐन’ अनुसार तोकिएको डिसेम्बर १९ को अन्तिम म्याद पूरा गर्न विभाग असफल भएको थियो ।

सोमबार सङ्घीय न्यायाधीशलाई पठाइएको पत्रमा मन्त्रालयका अधिकारीहरूले २० लाखभन्दा बढी कागजातहरू अहिले पनि ‘समीक्षाका विभिन्न चरणमा’ रहेको उल्लेख गर्नुभएको छ । पत्रअनुसार हालसम्म १२ हजार २८५ कागजात सार्वजनिक गरिएको छ, जसमा करिब एक लाख २५ हजार पृष्ठ समावेश छन् । यो सङ्ख्या हाल समीक्षामा रहेका कागजातहरूको एक प्रतिशतभन्दा पनि कम हो ।

मन्त्रालयले डिसेम्बर २४ मा प्रारम्भिक समीक्षामा समावेश नगरिएका १० लाखभन्दा बढी अतिरिक्त फाइलहरू पहिचान गरेको जनाएको छ । तीमध्ये केही कागजात दोहोरिएका (डुप्लिकेट) देखिए पनि तिनको ‘प्रशोधन र डिडुप्लिकेसन’ अझै आवश्यक रहेको पत्रमा उल्लेख गरिएको छ ।

महान्यायाधिवक्ता पाम बोन्डी र अन्य सम्बन्धित अधिकारीहरूले हस्ताक्षर गरेको पत्रमा ‘अझै पनि पर्याप्त काम बाँकी छ’ भनेर स्पष्ट गरिएको छ । विभागका अनुसार ४०० भन्दा बढी मन्त्रालयका वकिलहरूले आगामी केही हप्तासम्म यी कागजातहरूको विस्तृत समीक्षा गर्नेछन् ।

यसका साथै ‘संवेदनशील पीडित जानकारी’ सुरक्षित रूपमा ह्यान्डल गर्न विशेष तालिम प्राप्त कम्तीमा १०० जना एफबिआई कर्मचारीले यस प्रयासमा सहयोग गर्नेछन् । मन्त्रालयले पीडितहरूको पहिचान खुल्न सक्ने विवरणलाई विशेष सावधानीका साथ जाँच गर्नुपर्ने भएकाले समीक्षा प्रक्रिया समयसापेक्ष भएको जनाएको छ ।

यसबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले एपस्टेनसँग सम्बन्धित सबै फाइल समयमै सार्वजनिक गर्न नसकेको विषयलाई लिएर डेमोक्रेट दलबाट कडा दबाबको सामना गरिरहनुभएको छ । तर ट्रम्प प्रशासनले पीडितहरूको गोपनीयता र संवेदनशील जानकारीको सुरक्षा सुनिश्चित गर्नु आफ्नो प्रमुख जिम्मेवारी भएकाले ढिलाइ भएको भन्दै आफ्नो कदमको बचाउ गरेको छ ।

सोमबारको पत्रमा मन्त्रालयका अधिकारीहरूले एपस्टेन फाइलहरू ‘पीडितको पहिचान गर्ने जानकारी’ हटाउनका लागि म्यानुअल रूपमा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै यही कारणले प्रक्रिया अपेक्षाभन्दा लामो भएको स्पष्ट पारेका छन् ।  (रासस/एएफपी)