१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग

प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षमा लगियो

प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षमा लगियो
अ अ+ अ-

काठमडौं । दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सुरु भएको छ ।

विहान १० बजे अपरेशन थिएटरमा प्रवेश गरी शल्यक्रिया सुरु गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले बताउनुभयो । कम्तिमा ४ देखि बढीमा ५ घण्टामा अप्रेशन सकिने जानकारी चिकित्सकहरुले दिएको थापाले बताउनुभयो । अपरान्ह ४ बजेसम्म शल्यक्रिाय सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले स्वदेशमै उपचार गर्ने प्रधानमन्त्री ओलीको निर्णयले नेपाली मेडिकल क्षेत्रप्रतिको विश्वास थप मजवुद भएको बताउनुभयो । प्रधानमन्त्रीको आत्मविश्वास र उच्च मनोबलले शल्यक्रिया छिटो सम्पन्न हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

पहिलो पटक १२ वर्षअघि भारतमा मृगौाला प्रत्यारोपण गराउनुभएका ओली सोमबार अस्पताल भर्ना हुनुभएको थियो । विभिन्न देशका प्रमुखहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन् ।