काठमडौं । दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सुरु भएको छ ।
विहान १० बजे अपरेशन थिएटरमा प्रवेश गरी शल्यक्रिया सुरु गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले बताउनुभयो । कम्तिमा ४ देखि बढीमा ५ घण्टामा अप्रेशन सकिने जानकारी चिकित्सकहरुले दिएको थापाले बताउनुभयो । अपरान्ह ४ बजेसम्म शल्यक्रिाय सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले स्वदेशमै उपचार गर्ने प्रधानमन्त्री ओलीको निर्णयले नेपाली मेडिकल क्षेत्रप्रतिको विश्वास थप मजवुद भएको बताउनुभयो । प्रधानमन्त्रीको आत्मविश्वास र उच्च मनोबलले शल्यक्रिया छिटो सम्पन्न हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
पहिलो पटक १२ वर्षअघि भारतमा मृगौाला प्रत्यारोपण गराउनुभएका ओली सोमबार अस्पताल भर्ना हुनुभएको थियो । विभिन्न देशका प्रमुखहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन् ।