१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग

कांग्रेसमा पौडेल पक्ष आक्रमक, प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने

कांग्रेसमा पौडेल पक्ष आक्रमक, प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले आगामि चैतमा अयोजना गर्न लागेको क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रमको बहिष्कार गर्ने भएको छ ।

कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बसेको पौडेल पक्षको भेलाले १४ औं महाधिवेशन प्रभावित गर्नेगरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो । भेलामा सहभागि नेता प्रकाशमान सिंहले म्याद थपेर सहमतिमा महाधिवेशन कार्यतालिका प्रकाशित गर्न सफल भएको अवस्थामा फेरी महाधिवेशनलाई प्रभावित पार्न प्रशिक्षण कार्यक्रम गर्न लागिएकोले बहिष्कार गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बल्लतल्ल सहमतिको आधारमा केन्द्रीय महाधिवेशनको कार्यतालिका हामीले प्रकाशित गर्न सफल भएका छौं र केन्द्रीय महाधिवेसन अव थप गरेको समयमा पनि फेरी हुने गरीकन अव हाम्रो ध्यान समग्ररुपमा के मा केन्द्रीत हुन पर्यो त भन्दा खेरी १४ औं महाधिवेशनलाई १ वर्षको म्याद थपिसकेपछि त्यो थपेको समयभित्र नै केन्द्रीय महाधिवेसन निस्पक्ष तवरले शान्तिपूर्ण, धाँधलीरहित तवरले एउटा लोकतान्त्रीक पार्टी भित्र एउटा स्वच्छ लोकतान्त्रीक अभ्यास मार्फत यो महाधिवेसन सम्पन्न गराउन पर्छ भन्ने कारणले गर्दा खेरीपनि आजको यो बैठकबाट के निचोड आयो भने यो केन्द्रीय महाधिवेशनलाई प्रभावित गर्ने खालको कार्यक्रम भएको कारणले गर्दाखेरी त्यसको बहिस्कार गर्ने भन्ने कुरा भएको छ । ’

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आगामि चैतमा पार्टी क्रियाशील सदस्यहरुलाई प्रशिक्षण दिने समय तोकेपछि पौडेल पक्ष असन्तुष्ट भएको हो । कांग्रेसले ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट १० हजार क्रियाशील सदस्यलाई प्रशिक्षक प्रशिक्षण दिने तयारी गरेको हो । तर असन्तुष्ट पौडेल पक्षले भने केन्द्रीय महाधिवेशन नगराउने चलखेल भएको भन्दै बहिस्कार गर्ने निर्णय गरेको हो । भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल सहित महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी र असन्तुष्ट केन्द्रीय सदस्यहरु तथा काठमाडौंमा उपलब्ध भएका जिल्ला सभापतिहरु र उपसभापतिहरुको सहभागिता रहेको थियो ।