१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस
अ अ+ अ-

पाटन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराउनुभएको छ ।

“महाधिवेशन कार्यतालिका सहमति निर्माण हुन सकेन, महाधिवेशनका विषयमा पार्टीमा दुई खालका मतलाई एउटै हुनेगरी साझा धारणा हुन सकेको छैन, पुस १६ गतेदेखि १७ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने महामन्त्री गगन थापाको प्रस्ताव आएको छ, वैशाख २७ गतेदेखि ३० गतेसम्म गरौँ भन्ने सहमहामन्त्री महेन्द्र यादवको अर्को प्रस्ताव आएको छ, एउटै बनाउने प्रयास जारी छ, पुस १६ मा हुने भयो भने तीव्र तयारी आवश्यक छ,” सहमहामन्त्री पाण्डेले भन्नुभयो ।

बैठकमा महामन्त्री गगनकुमार थापाले गर्नुभएको प्रस्तावअनुसार मङ्सिर २७ गते वडा अधिवेशन, पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका पेस भएको छ ।

यस्तै सहमहामन्त्री महेन्द्र यादवले पेस गरेको कार्यतालिकाअनुसार २०८२ चैत १ गते वडा अधिवेशन, चैत ५ गते पालिका अधिवेशन, चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन, चैत २० गते सङ्घीय प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, चैत ३० गते जिल्ला अधिवेशन, २०८३ वैशाख १५ गते सात प्रदेश अधिवेशन र २०८३ वैशाख २७ देखि ३० गतेसम्म १५ औं केन्द्रीय महाधिवेशनको प्रस्ताव भएको पाण्डेले जानकारी दिनुभयो ।

सहमहामन्त्री पाण्डेले विशेष महाधिवेशन पक्षधरहरूको मागलाई सम्बोधन गर्न पनि पुसमा महाधिवेशन आवश्यक छ भन्ने धारणा राख्दै नियमित महाधिवेशनमा जोड दिइरहेको धारणा राख्नुभयो ।

अर्का सहमहामन्त्री किशोरसिंह राठौरले देशका सबै निकाय जलेको बेलामा नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्छ भन्ने धारणा राख्नुभयो । उहाँले आफूलाई निर्वाचन पछाडि महाधिवेशन गर्ने कार्यतालिका नै पारित हुन्छ भन्ने विश्वास रहेको बताउनुभयो ।

केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीले सबै विचारलाई सम्बोधन गर्दै देशको नेतृत्व गरेर सबै पार्टीलाई विश्वस्त हुनसक्ने वातावरण तयार पार्नुपर्ने बताउनुभयो । उहाँले विधानअनुसार विशेष महाधिवेशन पनि वैधानिक हो भन्दै विधानले व्यवस्था गरेअनुसार लोकतान्त्रिक पद्धति स्वीकार गर्दै पार्टी अगाडि बढ्छ भन्ने धारणा राख्नुभयो ।