काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ मा यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनााएका छन् ।
दुबईस्थित आईसीसी एकेडेमीमा नेपालका कप्तान रोहितले ७७ बलमा अर्धशतक पूरा गरेका हुन् ।
रोहितले अहिले ९० बलमा ६६ रन बनाएर खेलिरहेका छन् भने उनलाई क्रिजमा दिपेन्द्र सिंह ऐरीले ११ बलमा १३ रन बनाएर साथ दिईरहेका छन् ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३६ ओभर १ बलमा४ विकेट गुमाएर १५८ रन बनाएर खेलिरहेको छ ।










