२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एरिकालाई नगद एक लाखसहित सम्मान



अ+ अ-

काठमाडौँ । नेपाल सितोरियो कराँते संघले मलेसियामा सम्पन्न डब्लुकेएफ कराते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ ।

त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा मंगलवार सितोरियो संघले पत्रकार सम्मेलनमार्फत गर्दै अन्तर्राष्ट्रिय पदक विजेता एरिकालाई नगदसहित सम्मान गरेको हो ।

नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, महासंघका उपाध्यक्षद्वय देव लामा र मझेन्द्र सिंह र महासंघका महासचिव दावा लामाले एरिकालाई नगद एक लाख र उनका प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार सम्मानपत्रसहित सम्मान ग¥यो । एरिकाले मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा ६८ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन् । नेपालले पहिलोपल्ट सिरिज वान पदक जितेको हो ।

सो अवसरमा संघले इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा छनोट भएकी सानुमाया थिङ र प्रशिक्षक मन्डेकाजी श्रेष्ठलाई पनि खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले भविष्यमा पनि अन्तर्राष्ट्रिय पदक ल्याइरहने वातावरण सिर्जना गर्न प्रशिक्षहरूले आफूलाई अपडेट गर्दै लैजानुपर्ने बताए । पुरानै स्थितिबाट आफूलाई तयार गरेर प्रतियोगितामा प्रतिष्पर्धा गर्ने हो पदक ल्याउन सहज नहुने लामाले धारणा राखे । प्रशिक्षक कुशल श्रेष्ठले खेलाडीको सफलतामा सम्मानले उनीहरूमा ठूलो प्रोत्साहन मिल्ने बताए ।

एरिकाले सबै नकरात्मक पक्ष बिर्सिएर आगामी विश्व च्याम्पियनसिपको लागि तयार रहेको बताइन् । विश्व कराँतेमा नेपालप्रति पनि राम्रो छाप बस्दै गएको एरिकाले उल्लेख गरिन् ।