काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संसदीय गतिविधिमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
सभामुखसँग शुक्रवार सिंहदरबारमा भदौ महिनाको कार्यसूचिबारे छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सभामुखसँग कार्यसूचिको बारेमा छलफल भएको र १५ दिनको कार्यसूचि तयार पारेको जानकारी दिनुभयो ।
सभामुखसँगकै छलफलका क्रममा रास्वपालाई संसदको गतिविधिमा सहभागी हुन आग्रह गरेको बताउनु भयो । संसदले बैठक बहिष्कार गर्दा पनि रास्वपा सांसदहरुलाई भत्ता दिइरहेको भन्दै नैतिकता देखाउन पनि संसदीय गतिविधिमा सरिक हुन आग्रह गरिएको बताउनु भयो । संसदको सदस्य भइसकेपछि संसदीय गतिविधिमा भाग लिनु दायित्व र जिम्मेवारी भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कार्यसूचिको विषयमा छलफल भएको हो । भदौको कार्यसूचि बनेको थिएन । १५ दिनको कार्यसूचि तयार पारेका छौँ । संसद ४ गतेबाट शुरु हुन्छ । उहाँहरुलाई संसदीय गतिविधिमा भाग लिन आग्रह गरिएको छ । अब संसदको सदस्य भइसकेपछि दायित्व र जिम्मेवारी पनि हो ।’
संसदीय गतिविधिमा नैतिक जिम्मेवारी लिएर पनि भाग लिन आग्रह गरेको बताउनु भयो ।









