२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

संसद अवरोध अन्त्यका लागि संवादको ढोका खुला राखेर जनताको मुद्दामा अघि बढ्छौँः रास्वपा

संसद अवरोध अन्त्यका लागि संवादको ढोका खुला राखेर जनताको मुद्दामा अघि बढ्छौँः रास्वपा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद अवरोध अन्त्यका लागि संवादको ढोका खुला राखेर रास्वपा अघि बढिरहेको बताउनुभएको छ ।

सभामुखुँग शुक्रवार सिंहदरबारमा भदौ महिनाको कार्यसूचिबारे छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले आफूहरुका मागहरु सुन्न नचाहेको भन्दै आफ्ना मागहरुप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो ।

सभामुख देवराज घिमिरेले त्यसको लागि पहल गरिदिनुभएको पनि बताउनु भयो । उहाँले सभामुखसँग भदौ महिनाको कार्यतालिका बनाउने विषयमा छलफल भएको पनि बताउनु भयो । उहाँले आगामी दिनको संसद कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल गरेको बताउनु भयो । त्यस्तै संसद भदौको ४,५ र ६ गते सञ्चालन गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भदौ महिनाको कार्यतालिका बनाउनेबारे छलफल भयो । आगामी दिनको संसद कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भयो । भदौको ४,५ र ६ गते सभा सञ्चालन गर्ने र त्यसपछि सदन १५ पछि गर्ने र भदौ ४ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेबारे छलफल भयो । मुख्य कुरा सरकारले सुन्न चाहिरहेको छैन, हाम्रो मागप्रति सरकार सुन्न चाहँदैन । तर सभामुखज्युले त्यहाँ सबैको उपस्थिति भए राम्रो हुन्थ्यो भन्नुभयो । संवादको ढोका खुला राख्दै जनताको मुद्दामा अघि बढ्छौँ भनेका छौँ ।’

प्रमुख सचेतक परियारले सभामुख घिमिरेले सांसदहरु सबै उपस्थित भएर विधेयकहरुमाथि छलफल गर्दा राम्रो हुने बताउनुभएको पनि जानकारी दिनुभयो ।