७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने

कागतीमा खटिरे र ढुसीजन्य समस्या

कागतीमा खटिरे र ढुसीजन्य समस्या
अ+ अ-

चितवन। जिल्लामा लगाइएका कागती खेतीमा क्याङ्कर (खटिरे) र ढुसीजन्य रोगको समस्या देखिएको छ । कागतीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् ।

विगत तीन वर्षदेखि भरतपुर महानगरपालिका–२५ मा कागतीखेती गर्दै आउनुभएका दिनेश सापकोटाले कागतीमा खटिराजन्य  रोग र ढुसीबाट हुने रोगहरु जरा कुहिने एवं खोटे रोग देखिएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “यसलाई व्यवस्थापन गरिरहेको छु ।” फल्ने समयमा रोग लागेपछि उत्पादनमा कमी आउने हो कि भन्ने चिन्तामा हुनुहुन्छ उहाँ । उहाँले थप्नुभयो, “अहिले केही बिरुवामा यो समस्या  देखिएको छ यसले उत्पादनमा असर नगरे हुन्थ्यो ।” उहाँले १० कट्ठा जग्गामा कागतीखेती गर्दै आउनुभएको छ ।

कागतीमा क्याङ्करको समस्या आएपछि बिरुवा र फलमा वृद्धि विकास नहुने एवं उत्पादित फलले बजार नपाउने हुन्छ । यस्तै ढुसीका कारण लाग्ने जरा कुहिने र खोटे रोगले बिरुवा मार्ने समस्या हुने गर्दछ ।

कृषि विकास कार्यालय चितवनकी बागबानी विकाश अधिकृत स्वस्तिका चौहानका अनुसार ढुसीजन्य समस्या आठ बिगाहा क्षेत्रफलमा देखिएको छभने क्याङ्कर जिल्लाका अधिकांश क्षेत्रमा देखिएको छ । मौसममा आएको परिवर्तनले क्याङ्कर जीवाणुको सङ्क्रमण भएर यो रोग लाग्ने गर्दछ ।

यो रोग ‘ज्यान्थोमोनास सिट्री’ (ह्बलतजयmयलयक ऋष्तचष्) नामक जीवाणुका कारण लाग्ने गर्दछ । यस जीवाणुले एक बोटबाट अर्को बोटमा रोग सार्ने गर्दछ । यसलाई नियन्त्रण गर्न ‘डाइमिथोएट’ नामक विषादी प्रयोग गर्न आवश्यक रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो जीवाणु बोक्ने किरालाई नियन्त्रणमा लिनुपर्ने हुन्छ । जसले हरेक बोटमा गएर चुसेर यो रोग सार्ने गर्दछ ।

यो रोगले हाँगा, पात, फलमा समेत असर गर्ने गर्दछ । यो रोगको सङ्क्रमणबाट ग्रस्त हाँगा, डाँठ, पातहरु हटाएर मट्टितेलको प्रयोग गरी जलाई दिने, बगैँचामा काम गर्दा बोटलाई चोट नपु¥याउने जस्ता सावधानी अपनाउनुपर्ने उहाँको सुझाव छ ।

ढुसीका कारण जरा मर्ने भएकाले रोग नियन्त्रणका लागि नीलोतुथो र चुनको बोडोमिश्रणले बिरुवाको जरा भिजाउनुपर्ने हुन्छ । जरा कुहिने रोग लागेको ठाउँबाट पानीको कुलो एवं सिँचाइ गर्न नहुने, औजारहरु निर्मलीकरण गरेर मात्रै प्रयोग गर्नुपर्ने, तीनपाते एवं जराका रुपमा प्रयोग हुने ‘सिटट्रेनस्’ प्रयोग गरी कलमी गरिएको बिरुवा प्रयोग गर्नुपर्ने चौहानले जानकारी दिनुभयो । खनजोत गर्दा जरामा चोट पुर्याउन हुँदैन ।

खोटे रोग पनि ढुसीकै कारण लाग्ने गर्दछ । ढुसीको आक्रमणपछि हाँगा, डाँठमा सुरुमा बोक्रा फाटेकोे जस्तो देखिने उहाँले बताउनुभयो । यो रोग बढ्दै जाँदा हाँगा सुकेर जाने गर्दछ । कलमी बिरुवा रोप्दा जोडेको ठाउँ माटोको सम्पर्कमा पर्नु हुँदैन ।

जिल्लामा झन्डै २० बिघा क्षेत्रफलमा कागतीखेती गरिएको छ । भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र माडी क्षेत्रमा विशेषगरी कागतीखेती गरिन्छ । रासस