९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका लागि अलर्ट ! वर्षाका कारण बागमती र यसका सबै सहायक नदीमा बहाव बढ्दो



अ+ अ-

लगातार वर्षाको कारण आज काठमाडौं उपत्यका भई बहने बागमती र यसका सबै सहायक नदीमा बहाव बढ्दो रहेकोले उच्च सतर्कता अपनाउन नेपाल बाढी सुचना विभागले जनाएको छ । नेपाल बाढी सुचनाका अनुसार मोहरा नदी बालकुमारीमा जलसतह २ मिटर भन्दा धेरै बढेको छ।

मनोहरा, हनुमन्ते लगायत केहि स–साना नदीको पानी नदी किनारको सडक र बस्तीमा जान सक्ने उच्च संभावना रहेको छ । त्यसकारण तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आहवान गरिएको छ । हाल सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, काठमाडौं उपत्यका चितवन, गोरखा, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ,अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, दाङ, बर्दिया र आसपास केहि स्थानमा मध्ययम देखि भारी बर्षा भईरहेको छ ।

उक्त जिल्ला भई बहने स–साना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास सम्म पुग्न सक्ने संभावना रहेकोले तटिय क्षेत्रमा सतर्कताको लागि नेपाल बाढी सुचनाले अनुरोध गरेको हो ।