२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै

जुम्लाको पर्यटकीयस्थल गिडिदहलाई प्रवर्द्धन गरिँदै

जुम्लाको पर्यटकीयस्थल गिडिदहलाई प्रवर्द्धन गरिँदै
अ अ+ अ-

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–४ मा रहेको गिडिदहलाई पर्यटकीयस्थलका रूपमा विकास गरिने भएको छ । तालोपानी गाउँपालिकाले आफ्नो पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत गिडिदहलाई पर्यटकीयस्थलका रूपमा विकास गरी बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाईंले पर्यटकीय हिसाबले सम्भावित स्थानहरूको पहिचान गरी भ्रमण वर्ष कार्यक्रम सफल एवं उपलब्धिमूलक बनाउने कार्यक्रम सफल बनाउन स्थानीयवासीसँग अनुरोध गर्नुभयो । उहाँले गिडिदहमा आर्थिक गतिविधिलाई चलायमान बनाउने, संस्कृतिको संरक्षण गर्नेलगायतका कार्यक्रमसहित पर्यावरणीय सम्मेलन आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

वडा नंं ४ का वडाअध्यक्ष अमरबहादुर रोकायाले सरोकार भएका सबै पक्षको सहभागितामा भ्रमण वर्ष कार्यक्रम घोषणा गरिएकाले अपेक्षित लक्ष्य हासिल गर्न सबैको साथ सहयोग आवश्यक हुने धारणा व्यक्त गर्नुभयो । गिडिदह भ्रमण वर्षमा आउने पर्यटकको सहजताका लागि अहिले पदमार्ग, पुल र धर्मशालालगायतका भौतिक संरचना निर्माणको काम भइरहेको वडाअध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

वडा कार्यालयको हाँकु त्रिवेणीदेखि फूलचउल्यासम्मको १३ किलोमिटर बाटोको डिपिआर निर्माण भइसकेको पालिकाले जनाएको छ । गिडिदहको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट संयुक्त रूपमा रु एक करोड ६० लाखभन्दा बढी बजेट विनियोजन भएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिनुभयो । रासस