४ भाद्र २०८३, बिहीबार
,
Latest
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना र पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा, डर्टमण्ड र एस्टन भिल्ला बाहिरिए



अ+ अ-

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको दोस्रो लेगको खेलमा दुबै टोलि पराजित भएपनि एग्रिगेटको नतिजाले दुबै टोलिले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

बार्सिलोना डर्टमण्डसँग उसको घरेलु मैदानमा ३–१ गोलले पराजित भयो । तर, एग्रिगेटमा बार्सिलोना ३–५ ले अगाडि रह्यो । डर्टमण्डका लागि सेर्हु गुइरासीले ह्याट्रिक गरेपनि टोलिलाई सेमिफाइनलमा पुर्याउन सकेनन् ।

उनले खेलको ११ औं (पेनाल्टी), ४९ औं र ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । यता, एक गोल पनि बार्सिलोनाले उपहारस्वरुप पायो । डर्टमण्डका रेमी बेन्सेबेइनीले ५४ औं मिनेटमा आत्मघाती गोल गरे ।

यस्तै, अर्को खेलमा पिएसजी इंग्लिस क्लब एस्टन भिल्लासँग ३–२ गोलले पराजित भएपनि एग्रिगेटमा ४–५ को नतिजाले पिएसजीले सेमिफाइनलमा स्थान बनायो । खेलको ११ औं मिनेटमा अच्रफ हाकिमीले र २७ औं मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पिएसजीलाई २–० को अग्रता दिलाएका थिए ।

तर, घरेलु टोलि भिल्लाका लागि खेलको ३४ औं मिनेटमा योरी टिलेमान्स, ५५ औं मिनेटमा जोन म्याकजिन र ५७ औं मिनेटमा एज्री कोन्साले गोल गर्दै ३–२ जित निकालेपनि एग्रिगेटका लागि पर्याप्त भएन ।