२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा नेपालालई विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम हस्तान्तरण



अ+ अ-

काठमाडौँ । चीन सरकारले विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम नेपाललाई हस्तान्तरण गरेको छ ।

बुधवार नेपालका लागि चीनका राजदुत चेन सोङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई संग्रहालय हस्तान्तरण गर्नुभएको हो ।

साथै आजबाट नै कीर्तिपुरस्थित विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियममा विज्ञान सम्बन्धी प्रदर्शनी शुरु भएको छ । नयाँ सामग्रीमा मानिसहरूको विकास क्रमदेखि विज्ञानका विभिन्न प्रणाली र मेसिनहरू प्रदर्शनीमा राखिएको छ । कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चीनले नेपाललाई धेरै पहिलादेखि प्रविधि, विकास निर्माण, शिक्षा, पर्यटन, विज्ञानका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । साथै अन्तर्राष्ट्रिय विमानस्थल, हाइड्रोपावर, स्वास्थ्य क्षेत्र लगायतका बेलामा पनि सहयोग गरेको बताउनु भयो । उहाँले चीनसँग नेपालको सीमा जोडिएको मात्र नभइ जनता—जनता बीचको सम्बन्ध पनि प्रगाढ रहेको बताउनु भयो । बेल्ट एण्ड रोड कार्यक्रमअन्तर्गत चीनले नेपालमा धेरै अवसर सिर्जना गरेको बताउनु भयो ।

उहाँले चीनले नेपाललाई अध्ययन, अनुसन्धानको क्षेत्रमा पनि धेरै सहयोग गरिरहेको बताउनु भयो । उहाँले विपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियमको माध्यमबाट चीन सरकारले नेपालका अध्ययन, अनुसन्धानकर्ता, विद्यार्थीका लागि ठूलो अवसर सिर्जना गरेको बताउनु भयो । विज्ञान प्रविधिको विकासका लागि संग्रहालयले ठूलो भुमिका निभाउनेमा सरकार विश्वस्त रहेको बताउनु भयो ।