१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु

‘भन्सार एजेण्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाऔँ’: सांसदहरु

‘भन्सार एजेण्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाऔँ’: सांसदहरु
अ अ+ अ-

काठमाडौँ । भन्सार एजेण्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

बुधवार बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले सांसदहरुले सरकारले परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेण्टहरु नियुक्त गर्ने गरेको तर त्यसको प्रतिफल के हुन्छ सरकारलाई भन्ने बारेमा स्पष्ट नरहेको उनीहरुले बताए । उनीहरुले भन्सार एजेण्डटबाट नेपालको राजश्वमा के फाइदा हुन्छ भन्ने सांसदहरुको प्रश्न छ ।

भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरुसँगको छलफलमा समितिको बैठकमा बोल्दै नेकपा एमाले सचेतक सुनिता बरालले परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेण्टहरु नियुक्त गर्ने प्रावधान रहेको भएपनि यसलाई अझ व्यवस्थित गर्नुपर्ने माग गर्नुभयो । उहाँले लाइसेन्स प्राप्त भन्सार एजेण्टहरुलाई काम कारबाहीमा परेका अफ्ठ्याराहरुलाई पनि विधेयकले समेट्नुपर्ने बताउनु भयो । भौगोलिक कारणले नेपालकै एउटा स्थानबाट अर्को स्थानमा जाँदा विदेशी मुलुक हुँदै जानुपर्ने अवस्थामा नेपालबाट नेपालकै लागि लगिएको वस्तुमा महशुल लिइने छैन भनेर विधेयकमा लेख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामीले परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेण्टहरु निर्माण गर्ने, नियुक्त गर्ने जुन प्रावधान छ, त्यसलाई थप प्रभावकारी बनाउने कुरामा ध्यान दिनुपर्छ । लाइसेन्स प्राप्त भन्सार एजेण्टहरुले काम कारबाहीमा परेका अफ्ठ्याराहरुलाई पनि यो विधेयकमार्फत थप व्यवस्थित गरेर हामीसँग हुने गरेका अभ्यासमा भएका केही कमजोरीहरुलाई सच्याउने र भएका प्रतिनिधिहरुले उच्च मनोबलका साथ व्यवसायिक ढंगले आफ्नो काम, कारबाही गर्ने वातावरण निर्माण गर्ने कुरामा यो विधेयक सफल रहोस् । विधेयकको दफा ८० मा मेरो संशोधन छ । यसमा हाम्रो भौगोलिक कारणले, भुगोलका विविधताहरु छन् । हाम्रै भूभागमा जाँदा भारतको बाटो भएर जानुपर्ने स्थिति छ । त्यसो हुँदा नेपालकै कुनै एक स्थानबाट विदेशी मुलुक हुँदै पुनः नेपालको अर्को स्थानमा वस्तु ल्याउँदा अपनाउनुपर्ने प्रक्रियाहरुलाई शुल्कबापत जसरी अर्को देशबाट ल्याइएको भन्सार शुल्क वा अरु किसिमको शुल्क लिन्छौँ, नेपालबाट नेपालकै लागि लगिएको वस्तु छ भने महशुल लिइने छैन भनेर लेख्नुपर्छ । यसले भौगोलिक विकटताको पीडा खेपिरहेका नेपाली जनतालाई थप सहज रुपमा वस्तु उपलब्ध गराउन सक्छाँै ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भन्सारहरु प्रविधिसँग भन्सारका कर्मचारीहरु अपडेट भइरहनुपर्ने बताउनु भयो । उहाँले ५ वर्षमा सोच्नेकुरा गरेर भन्सार अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले भन्सारका प्रविधिबारे हरेक वर्ष रिभ्यु गर्नुपर्ने र कर्मचारीको क्षमता अभवृद्धिमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘भन्सारहरु प्रविधिसँग अपडेट भइरहनुपर्छ । हरेक महिना अपडेट भइरहेको छ, सफ्टवेयरहरु । अनि हामी ५ वर्षमा सोचौँला यसलाई भनेर काम गर्नु हुँदैन । त्यसलाई हरेक वर्ष नै रिभ्यु गर्नुपर्छ । यसमा क्षमता अभवृद्धिमा जोड दिनुपर्छ ।’

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सिंहदरबारमा बसेर सोचेको भन्दा भन्सारमा पुगेर हेर्दा विषयवस्तुहरु फरक हुने गरेको बताउनु भयो । उहाँले समिति कानून बनाउन सबैभन्दा अधिकार सम्पन्न ठाउँ भएकाले सोहीअनुसारको समस्या समाधान हुनेगरी कानून बनाउनुपर्नेमा जोड दिनुभयो । भन्सारमा भएका बेथितिका कुराहरु अन्त्य गर्न विधेयक ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भन्सारको विषय हामीले यहाँ बसेर हेर्ने र नाकामा हुने भन्सारका विषय वस्तु फरक हुँदा रहेछन् । त्यसको सत्यतथ्य हुनुपर्छ । समिति कानून बनाउन सबैभन्दा अधिकार सम्पन्न विषय नै हो । भन्सारमा भएका बेथितिका कुराहरु अन्त्य गर्न हामीले विधेयक ल्याउनुपर्छ । एउटा बेथिति छ, अर्को उद्यमीहरुलाई, उद्योगीहरुलाई दुःख पनि भइरहेको छ ।’

बैठकमा बोल्दै नेकपा एमाले सांसद जुलिकुमारी महतोले भन्सारको व्यवस्थापन, भन्सारमा हुने चुहावट रोक्नेगरी विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो । विधेयक बनाउँदा सबै समेटिने गरी बनाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘भन्सारको व्यवस्थापन, भन्सारमा हुने चुहावट, त्यहाँका दृश्यहरु हेर्दा अब यो विधेयक बनाउँदा सबै समेटिने गरी गर्नुपर्छ । भन्सार एजेण्टको कुरा गरी नसक्नु छ । नाम मात्रै होइन, कति हो कति । नयाँ भन्दो रहेछ, पुरानो भन्दो रहेछ । अझ ३ सय बेरोजगारी भयो, हाम्रो जीवन यहीँ बिताएको भन्ने प्रतिनिधिलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने हुँदो रहेछ ।’

उहाँले भन्सार एजेण्ट बनाइरहँदा सरकारले के पाएको छ ?भन्नेकुरा महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले भन्सार प्रतिनिधि र भन्सार एजेण्ट राख्दा राजश्वमा के उपलब्धि भएको छ ? भन्दै प्रश्न गर्नुभयो ।