२१ असार २०८३, आईतवार
,
Latest
दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य प्रतितोला रू. १०० ले बढ्यो, चाँदीको कति ?



अ+ अ-

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य अंकले बढेको छ । आज सुनको भाउ रू. १०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको छ । छापावाला सुनको मूल्य आइतबार प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको थियो । अघिल्लो कारोबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रू. १०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबार दिन प्रतितोला रू. १ हजार २५० मा कारोबार भएको चाँदी सोमवार रू. ५ ले बढेर रू. १ हजार २५५ मा किनबेच भइरहेको छ ।