२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता नितिश भारद्वजका पनि वैवाहिक सम्बन्ध विच्छेद हुँदै



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता नितिश भारद्वज र उनकी पत्नी स्मिता गेटको वैवाहिक सम्बन्ध विच्छेदको खबर सार्वजनिक भएको छ। नितिशले बम्बई टाइम्ससँगको अन्तर्वार्तामा पत्नी स्मिता गेटसँग सम्बन्ध विच्छेदको जानकारी दिएका हुन्। 

उनका भनाइ उद्धृत गर्दै बलिउड लाइफले लेखेको छ, 'म यति मात्र भन्न सक्छु कि कहिलेकाहीँ डिभोर्स मृत्युभन्दा बढी पीडादायी हुन्छ। तपाईं भाँचिएको हाड लिएर बाँचेजस्तो हुनुहुन्छ।'

उनले थप भनेका छन्, 'अझ सबभन्दा धेरै त बच्चाहरूलाई पीडा हुन्छ। परिवार टुट्दा उनीहरूलाई हुने पीडा बयान गर्न सकिँदैन। त्यसैले दुईमध्ये एक मात्र अभिभावकले भए पनि सकेसम्म यो पीडा कम गराउन जरूरी हुन्छ।'

उनले बम्बई उच्च अदालतमा डिभोर्सका लागि आवेदन दिएका छन्। नितिश र स्मिताका जुम्ल्याहा छोरीहरू छन्। नितिश र स्मिताको सन् २००९ मा बिहे भएको थियो। १२ वर्ष लामो सम्बन्ध उनीहरूले किन टुंग्याए भन्नेबारे जानकारी छैन।

नितिशको यसअघि फेमिना पत्रिकाकी तत्कालीन सम्पादन विमला पाटिलकी छोरी मनीषा पाटिलसँग बिहे भएको थियो। सन् १९९१ मा बिहे गरेका उनीहरू सन् २००५ मा अलग भएका थिए। उनीहरूका एक छोरा र छोरी छन्। यसपछि नितिशले आइएस अफिसर स्मिता गेटसँग बिहे गरेका थिए।

नितिश चरित्र अभिनेताका रूपमा नाम कहलिएका कलाकार हुन्। तर उनलाई बिआर चोपडाको ुमहाभारतु श्रृंखलामा कृष्णको भूमिकाकै लागि अहिलेसम्म चिनिन्छ। ५८ वर्षीय नितिश सत्तारूढ भाजपासँग पनि आवद्ध छन्।




भर्खरै