३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता नितिश भारद्वजका पनि वैवाहिक सम्बन्ध विच्छेद हुँदै



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता नितिश भारद्वज र उनकी पत्नी स्मिता गेटको वैवाहिक सम्बन्ध विच्छेदको खबर सार्वजनिक भएको छ। नितिशले बम्बई टाइम्ससँगको अन्तर्वार्तामा पत्नी स्मिता गेटसँग सम्बन्ध विच्छेदको जानकारी दिएका हुन्। 

उनका भनाइ उद्धृत गर्दै बलिउड लाइफले लेखेको छ, 'म यति मात्र भन्न सक्छु कि कहिलेकाहीँ डिभोर्स मृत्युभन्दा बढी पीडादायी हुन्छ। तपाईं भाँचिएको हाड लिएर बाँचेजस्तो हुनुहुन्छ।'

उनले थप भनेका छन्, 'अझ सबभन्दा धेरै त बच्चाहरूलाई पीडा हुन्छ। परिवार टुट्दा उनीहरूलाई हुने पीडा बयान गर्न सकिँदैन। त्यसैले दुईमध्ये एक मात्र अभिभावकले भए पनि सकेसम्म यो पीडा कम गराउन जरूरी हुन्छ।'

उनले बम्बई उच्च अदालतमा डिभोर्सका लागि आवेदन दिएका छन्। नितिश र स्मिताका जुम्ल्याहा छोरीहरू छन्। नितिश र स्मिताको सन् २००९ मा बिहे भएको थियो। १२ वर्ष लामो सम्बन्ध उनीहरूले किन टुंग्याए भन्नेबारे जानकारी छैन।

नितिशको यसअघि फेमिना पत्रिकाकी तत्कालीन सम्पादन विमला पाटिलकी छोरी मनीषा पाटिलसँग बिहे भएको थियो। सन् १९९१ मा बिहे गरेका उनीहरू सन् २००५ मा अलग भएका थिए। उनीहरूका एक छोरा र छोरी छन्। यसपछि नितिशले आइएस अफिसर स्मिता गेटसँग बिहे गरेका थिए।

नितिश चरित्र अभिनेताका रूपमा नाम कहलिएका कलाकार हुन्। तर उनलाई बिआर चोपडाको ुमहाभारतु श्रृंखलामा कृष्णको भूमिकाकै लागि अहिलेसम्म चिनिन्छ। ५८ वर्षीय नितिश सत्तारूढ भाजपासँग पनि आवद्ध छन्।