२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटको बाउसे खोलामा दुर्घटना, ३ जना घाइते



अ+ अ-

सुर्खेत । जाजरकोटको बाउसे खोलामा जिप दुर्घटना भएको छ ।

सोमबार बिहान ११ बजेको आसपास बारेकोटबाट सदरमुकाम खलङ्गा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४ को बाउसे खोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी तीन जना घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ ।उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

यस्तै केही बेरअघि जाजरकोटकै भेरि नगरपालिका वडा नं १३ स्थित जिरो पोइन्ट नजिकै बा ५ ख १८९२ नम्बरको फोर्स गाडि सडक भन्दा करिब ३०/३५ मिटर तल झरेर दुरघटना भएको थियो ।