३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै प्रधानमन्त्रीलाई बुझाइने



अ+ अ-

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । कार्यदलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई मस्यौदा बुझाउने तयारी गरेको छ ।

गठबन्धनको शीर्ष नेताको बैठकबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, त्यस्तै एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई दिइएको थियो ।

असार ३१ गते एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठित सरकारमा एमाले र कांग्रेससहित जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् । जसपा नेपाल र जनमत पार्टीले ओली नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा भने गएका छैनन् ।