५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाहिरको प्रहार जति पनि खेप्ने तर भित्रबाट प्रहार नगर्न आग्रह गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं । भित्रबाट प्रहार नगर्नुस् । हामी लड्यौं भने आफ्नै खुट्टामा अल्झिएर लड्छौं ।’

यस्तै, उहाँले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने पनि बताउनुभयो ।

उहाँले आफू सहकारी ठग नभएको संसदीय छानविन विशेष समितिले प्रमाणित गरेको तर्क समेत गर्नुभयो ।