३ आश्विन २०८१, बिहीबार
,
Latest
सङ्घीयता कार्यान्वयनले यसवर्ष नयाँ उचाई र गति लिनेछ: मुख्यमन्त्री कार्की एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी च्याम्पियन्स लिगः पिएसजीको संघर्षपूर्ण जित इन्टरसँग बराबरीमा रोकियो सिटी ‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ ! पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिप्रसाद नाट्यसङ्गीत प्रतिष्ठानबाट राष्ट्रिय नाटक महोत्सव हुने



अ+ अ-

काठमाडौँ । प्रसिद्ध नाट्यकर्मी हरिप्रसाद रिमाल र उहाँकी धर्मपत्नी कल्याणीका नाममा स्थापित ‘हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत प्रतिष्ठान’ले यही भदौ र असोजमा तीन दिनसम्म ‘प्रतियोगितात्मक राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना गर्ने भएको छ ।

खस्कँदो नेपाली मौलिक रङ्गमञ्चलाई पुनःजीवन दिने उद्देश्यले यही भदौ ३०, ३१ र असोज १ गते यहाँस्थित सांस्कृतिक संस्थान अर्थात् राष्ट्रिय नाचघरमा छ वटा नाटक प्रदर्शन गरिनेछ ।

प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका सदस्य सचिव सम्राट सापकोटाले प्रतियोगिताका लागि प्राप्त ३२ नाटकमध्ये छ वटा छनोट गरी प्रदर्शन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा उत्कृष्टमध्ये पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार नगद तथा ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ ।

नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई पनि जनही रु १५ हजार तथा छनोट भएका छ नाटक समूहलाई नाटक अभ्यासका लागि रु २०–२० हजार दिइनेछ । छनोट भएकामध्ये हरेक दिन दुईरदुई नाटक प्रदेश हुने छ जसको समयावधि एकरएक घन्टाको हुनेछ ।

नाट्यकर्मी, चलचित्रकर्मी तथा ‘रेडियो नेपाल’का प्रथम गायक रिमालको जन्मशताब्दीका अवसरमा आयोजना हुने सो महोत्सवमा दुई वर्षका कार्यक्रम एकै पटक हुने र केही व्यक्तित्वलाई ‘शताब्दी स्मृति सम्मान’ पनि गरिने प्रतिष्ठानका सहसदस्य सचिव घनश्याम गौतमले जानकारी दिनुभयो ।

रिमालका ज्येष्ठ सुपुत्र अरुणप्रसादले नेपाली मौलिक नाटकको अवस्था दयनीय भएकाले यसलाई झक्झक्याउनका लागि प्रतिष्ठानले सो महोत्सव आयोजना गर्न लागेको स्पष्ट गर्नुभयो ।

नाट्यकर्मी रिमालका नाटक नेपाली समाजको वास्तविकता, यथार्थ र स्वाभाविकतामा आधारित हुने गथ्र्यो । उहाँले ‘के घर के डेरा’ शीर्षक चलचित्रमा अभिनय पनि गर्नुभएको थियो । ‘विनुबादल असिना पर्दैन, माया लाग्छ बोलाउन सक्दिन’ बोलका गीतलगायतमा उहाँले स्वर दिनुभएको थियो ।