२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी उपबिदेशमन्त्रीको नेपाल भ्रमण: सेनालाई २ वटा हेलिकप्टर दिने



अ+ अ-

काठमाडौं। संयुक्त राज्य अमेरिकाले विपद् प्रतिकार्यका लागि नेपाली सेनालाई हेलिकोप्टर खरिदमा सहयोग गर्ने भएको छ ।

अमेरिकी उप–विदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई हेलिकोप्टर खरिदका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताएको नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले अमेरिकी उप-विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण सफल रहेको जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ-

व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उप-विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण सफल रह्यो। उहाँले प्रधानमन्त्री के। पी। शर्मा ओली र माननीय परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालीहरुका लागि उज्जवल, दिगो र समावेशी भविष्य निर्माण गर्ने योजनाका लागि अमेरिकी सहयोग र अमेरिका–नेपाल साझेदारीबारे कुराकानी गर्नुभयो।

यसै क्रममा उप-विदेशमन्त्री वर्माले नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न थप नयाँ हेलिकप्टर खरिदका लागि अमेरिका सहयोग गर्न सहमत भएको शुभ समाचार पनि सुनाउनु भयो। यसै गरी उहाँले एमसीसी नेपाल कम्प्याक्टको उपलब्धिको बारेमा कुरा गर्न एमसीसी परियोजनाका अधिकारीहरूसँग पनि भेट गर्नुभयो, र युएसएआइडी नेपालको साझेदार नेपाल टि कलेक्टिभ टोलीसँग ठमेलमा स्वादिष्ट चिया पिउनुका साथै महिला उद्यमीहरूसँग पनि कुराकानी गर्नुभयो।

प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा गएका बेला नेपाली सेनाले दुई वटा हेलिकोप्टर खरिदका लागि सहयोग गर्न आग्रह गरेको गर्नुभएको थियो ।