२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह

बुधबार नेप्से परिसूचक सामान्य अंकले बृद्धि, सेन्सेटिभ इन्डेक्स भने १ दशमलव २४ अंकले घट्यो

बुधबार नेप्से परिसूचक सामान्य अंकले बृद्धि, सेन्सेटिभ इन्डेक्स भने १ दशमलव २४ अंकले घट्यो
अ अ+ अ-

काठमाडौं ।  बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ७ दशमलव शून्य ४ अंकले बढेर २ हजार ६८ दशमलव ४५ विन्दुमा पुगेर बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स भने  १ दशमलव २४ अंकले घटेको छ । इन्डेक्स घटेर ३९० दशमलव ५१ विन्दुमा झरेको हो । बुधबारको बजार २ हजार ९४ दशमलव २८ विन्दुदेखि खुला भएको थियो । 

यो दिन शेयर बजारमा रू. ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार बराबरको कारोबार भएको छ । २०३ ओटा कम्पनीको ५१ हजार ३०२ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड १५ लाख ५८ हजार ९९१ कित्ता शेयर कारोबार भएको हो ।

बुधबार सामान्य अंकले बढेको बजारमा बैंकिङ समूहको १ दशमलव ५८ प्रतिशत, जीवन बीमाको २ दशमलव ८७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६२ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यो दिन अन्य समूहको परिसूचक सर्वाधिक २ दशमलव २१ प्रतिशतले घटेको छ ।

त्यस्तै जलविद्युतको १ दशमलव ३४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ५५ प्रतिशत, होटलको शून्य दशमलव ९५ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८१ प्रतिशत, वित्तको शून्य दशमलव ७५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५ प्रतिशत र लघुवित्तको शून्य दशमलव ९४ प्रतिशत परिसूचक घटेको छ । 

बुधबारको कारोबारमा नबिल बैंक र समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । नबिल बैंकको ९ दशमलव ९७ प्रतिशतले बढेर शेयरमूल्य रू। १ हजार ४८९ र समृद्धि फाइनान्सको ९ दशमलव ६३ प्रतिशतले बढेर रू. १४८ पुगेको हो । यस दिन नारायणी डेभलपमेण्ट बैंक र युनाइटेड इदी मर्दीको शेयरमूल्य भने ९ प्रतिशतभन्दा बढीले घटेको छ । नारायणी डेभलपमेण्टको ९ दशमलव ८६ प्रतिशत घटेर अन्तिम शेयरमूल्य रू. ३९३ र युनाइटेड इदी मर्दीको रू. २३८ कायम भएको हो । 

बुधबारको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक रकमको शेयर कारोबार भएको हो । विगत केही दिनदेखि निरन्तर सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको उक्त कम्पनीको बुधबार रू. १ अर्ब ४३ करोड ४४ लाख ९९ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीले यस वर्षको लागि ५१ प्रतिशत लाभांश घोषणा गरेको पहिलो कारोबार दिन कम्पनीको सर्वाधिक रकमको शेयर कारोबारसँगै शेयरमूल्य पनि प्रतिकित्ता रू. ९२ ले बढेर रू. २ हजार ४४३ पुगेको हो ।