२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक सामान्य अंकले बृद्धि, सेन्सेटिभ इन्डेक्स भने १ दशमलव २४ अंकले घट्यो



अ+ अ-

काठमाडौं ।  बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ७ दशमलव शून्य ४ अंकले बढेर २ हजार ६८ दशमलव ४५ विन्दुमा पुगेर बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स भने  १ दशमलव २४ अंकले घटेको छ । इन्डेक्स घटेर ३९० दशमलव ५१ विन्दुमा झरेको हो । बुधबारको बजार २ हजार ९४ दशमलव २८ विन्दुदेखि खुला भएको थियो । 

यो दिन शेयर बजारमा रू. ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार बराबरको कारोबार भएको छ । २०३ ओटा कम्पनीको ५१ हजार ३०२ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड १५ लाख ५८ हजार ९९१ कित्ता शेयर कारोबार भएको हो ।

बुधबार सामान्य अंकले बढेको बजारमा बैंकिङ समूहको १ दशमलव ५८ प्रतिशत, जीवन बीमाको २ दशमलव ८७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६२ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यो दिन अन्य समूहको परिसूचक सर्वाधिक २ दशमलव २१ प्रतिशतले घटेको छ ।

त्यस्तै जलविद्युतको १ दशमलव ३४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ५५ प्रतिशत, होटलको शून्य दशमलव ९५ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८१ प्रतिशत, वित्तको शून्य दशमलव ७५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५ प्रतिशत र लघुवित्तको शून्य दशमलव ९४ प्रतिशत परिसूचक घटेको छ । 

बुधबारको कारोबारमा नबिल बैंक र समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । नबिल बैंकको ९ दशमलव ९७ प्रतिशतले बढेर शेयरमूल्य रू। १ हजार ४८९ र समृद्धि फाइनान्सको ९ दशमलव ६३ प्रतिशतले बढेर रू. १४८ पुगेको हो । यस दिन नारायणी डेभलपमेण्ट बैंक र युनाइटेड इदी मर्दीको शेयरमूल्य भने ९ प्रतिशतभन्दा बढीले घटेको छ । नारायणी डेभलपमेण्टको ९ दशमलव ८६ प्रतिशत घटेर अन्तिम शेयरमूल्य रू. ३९३ र युनाइटेड इदी मर्दीको रू. २३८ कायम भएको हो । 

बुधबारको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक रकमको शेयर कारोबार भएको हो । विगत केही दिनदेखि निरन्तर सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको उक्त कम्पनीको बुधबार रू. १ अर्ब ४३ करोड ४४ लाख ९९ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीले यस वर्षको लागि ५१ प्रतिशत लाभांश घोषणा गरेको पहिलो कारोबार दिन कम्पनीको सर्वाधिक रकमको शेयर कारोबारसँगै शेयरमूल्य पनि प्रतिकित्ता रू. ९२ ले बढेर रू. २ हजार ४४३ पुगेको हो ।