२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

“आशाको किरण” कवितासंग्रह लोकार्पण

“आशाको किरण” कवितासंग्रह लोकार्पण
अ अ+ अ-

काठमाडौं । साहित्यकार तथा कवि गंङ्गानाथ कोइरालाको कवितासंग्रह “आशाको किरण” लोकार्पण गरिएको छ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चले शुक्रबार एक कार्यक्रमको आयोजना गरी कविता संग्रहको लोकार्षण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिकाका मेयर कुलवहादुर केसी र विशिष्ट अतिथि राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनालले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नुभएको हो । लोकार्पण कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष हरि पोख्रेलले बि.सं. २०६१ देखि २०७१ साल बिचका घटना क्रमलाई कवि कोइरालाले सरल तर मार्मिक रुपमा प्रस्तुत गर्नुभएकाले कविता पढ्दा आफु त्यहि समयमा पुगेको अनुभुति ब्यक्त गर्नुभयो ।  

समिक्षक हरेकृष्ण ज्ञवालीले आशाको किरण कविता संग्रह नेपाली साहित्यले गर्व गर्न लायक कृति जन्मिएको बताउनुभयो । नगर प्रमुख केसीले नेपालमा भएको राजनीतिक उपलब्धिहरुमा साहित्य जगतको ठुलो योगदान रहेको उल्लेख गर्नुभयो । त्यस्तै राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनानले साहित्यकार यहाँ वहाँको नभई सिंगो राष्ट्रको निधी हुने बताउनुभयो । कार्यक्रममा बोल्दै कवि कोइरालाले दाङ्ग देउखुरीले आफुलाई पाल्पाले जस्तै मायाँ र स्नेह दिएको बताउँदै यो भन्दा ठुलो प्रोत्साहन साहित्यकर्मीलाई केहि नहुने धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा बुद्धिजिवी जागेश्वर शर्मा घिमिरे, थारु भाषा तथा साहित्य संरक्षण मञ्चका  छविलाल कोपिला, अवधी विकास परिषदका अध्यक्ष जगतराम यादव, राप्ती साहित्य परिषदका अध्यक्ष कमलमणि देवकोटा, लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष वीमबहादुर केसी, शिक्षक दामोदर पाण्डे, सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष केपी घिमिरे, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष लीला शाह, अध्येयता उदयराज आले, साहित्यकार तथा नागरिक समाज दाङ्गका उपसंयोजक नीमबहादुर थापा लगायतका वक्ताहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो । 

कार्यक्रममा विभिन्न साहित्यकारहरुले रचना बाचन गर्नुभएको थियो । कविता संग्रह “आशाको किरणमा” ५० कविता र केहि समस्या पुर्ती रहेका छन् । 
पोखराथोक साहित्य संगम पाल्पाका संस्थापक अध्यक्षसमेत रहनुभएका कोइरालाको यो दोस्रो कृति हो । उहाँको पहिलो कृति “हिमाल र छहरा” कविता संग्रह प्रकाशित छ ।