१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट

कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा

कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा
अ अ+ अ-

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले कृषि समितिमा सरकारले विधेयकहरु दिन नसकेको गुनासो गर्नुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलवार बसेको बैठकमा सभापति राणाले समितिमा सरकारले विधेयकहरु दिन नसक्दा काम गर्ने इच्छा हुँदा पनि काम गर्न नपाएको बताउनुभएको हो । उहाँले कृषि समितिका सदस्यहरु काम गर्न तयार भएपनि समितिमा एउटा पनि विधेयक नभएको बताउनु भयो । उहाँले समितिमा एउटा पनि विधेयक नहुँदा बैठक समेत बस्ने वातावरण नभएको बताउनु भयो ।

उहाँले सरकारले समितिमा कृषि सम्बन्धि विधेयकहरु दिए समयमा छलफल गरी समितिले काम गर्ने बताउनु भयो । उहाँले कानून मन्त्रालयलाइ पशु कल्याण अधिकारसँग सम्बन्धित कानूनको तर्जुमा तदारुकता देखाउन आग्रह गर्नुभयो । उहाँले मौद्रिक नीतिमा कृषिसँग सम्बन्धि नीति सहजिकरणको लागि अर्थमन्त्रालयमा पत्र पठाउने बताउनु भयो । उहाँले सरकारले किसानलाई मर्का नपर्ने किसिमले विगतका अनुदान निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा उत्पादन हुने समयमा भारतबाट नेपालको भन्दा सस्तोमा फलफूलहरु आयात हुँदा नेपाली किसान सधैँ पीडित बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कर्मचारी समायोजनमा आएका अफ्ठ्याराहरु छन् । समायोजन गरेर जाने विषयमा निर्देशन गर्छौं । त्यस्तै,कानून मन्त्रालयलाइ पशुकल्याण अधिकारसँग सम्बन्धित कानूनको तर्जुमा तदारुकता देखाउन आग्रह गर्छौं । कृषि समितिका सदस्यहरु काम गर्न तयार छन् तर समितिमा एउटा पनि विधेयक छैनन् । कृषि सम्बन्धि समितिमा आए चाँडै बनाएर पठाउने थियौं । मौद्रिक नीतिमा कृषिसँग सम्बन्धि नीति सहजिकरणको लागि सहजिकरण गर्न अर्थ मन्त्रालयमा पठाउँछौं । सरकारले किसानलाई मर्का नपर्ने किसिमले अनुदान दिनुपर्छ । नेपालमा कुन वस्तु कति उत्पादन हुन्छ । कुन सिजनमा हुन्छ । त्यो सिजनमा त्यो वस्तु विदेशबाट आयात नगरौं । आँप फल्ने बेलामा भारतबाट नेपालको भन्दा सस्तो आँप आउने गरेको छ । माछा आउने बेलामा नेपालको भन्दा सस्तो माछा भारतबाट आउने हुँदा नेपाली किसान रुन परेको छ । त्यसैले कुन समयका कुन वस्तु उत्पादन हुन्छ र बाहिरबाट कति आयात गर्नुपर्छ आकलन गरी काम गर्नुपर्छ ।’

उहाँले सरकारले कृषि वस्तु मुलुकमा उत्पादन हुने र बाहिरबाट आयात हुने समय अवधिको पहिचान गरी त्यही अनुसार आयात गर्ने नीति अपनाउन आवश्यक रहेको बताउनु भयो ।