३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्जर्सलाई पराजित गर्दै पीएसजी फेरि शीर्ष स्थानमा



अ+ अ-

पेरिस । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग–वानमा एन्जर्सलाई १–० ले हराएको छ । यससँगै टोली फेरि अंकतालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो ।

खेलको एक मात्र गोल डिफेन्डर लेयभिन कुरजावाले भलीबाट गरे । मउरिसो पोचेटिनोको पीएसजीको यो लगातार सात खेलको अपराजित यात्रा हो ।

खेलका क्रममा पोचेटिनो आफैं भने मैदानमा थिएनन् । टोटनहमका पूर्वव्यवस्थापक कोरोना भाइरस संक्रमणपछि अहिले आइसोलोसनमा छन् । पीएसजी दोस्रो स्थानको लियोनभन्दा दुई अंकले अगाडि छ ।