३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले पाए रातो कार्ड, स्पेनी सुपरकपको उपाधी बिलबाओलाई



अ+ अ-

सेभिया । आइतबार भएको स्पेनी सुपरकपको फाइनलमा लियोनल मेसीले रातो कार्ड खाएका छन् । बार्सिलोनाबाट खेल्ने क्रममा उनले पहिलो रातो कार्ड पाएका हुन् । एथ्लेटिको बिलबाओले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले हराएर स्पेनी सुपरकप जितेको छ । रियल सोसिडाडविरुद्धको सेमिफाइनल गुमाएका मेसी बार्सिलोनाको सुरुवाती टिममा फर्के र खेलको अन्त्यतिर विपक्षी फरवार्ड एसियर भिलालिब्रेमाथिको फलका कारण उनलाई रातो कार्ड देखाइएको थियो ।

बार्सिलोनाले एन्टोन ग्रिजमनको गोलले दुई पल्ट अग्रता लिए पनि दुवै अवसरमा ओस्कार डे मार्कोस र भिलालिब्रेमाले बराबरी गोल फर्काए । विन्की विलियम्सले बिलबाओका लागि निर्णायक गोल गरे ।

सन् २०१५ मा बिलबाओले अन्तिक पटक कुनै उपाधि जितेको थियो र त्यो पनि सुपरकप नै रहेको थियो । त्यतिबेला पनि उसले बार्सिलोनालाई ५–१ ले हराएको थियो ।