२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा ट्र्याक्टर दुर्घटना अपडेट: मृतकको सनाखत



अ+ अ-

बैतडी । यहाँ आज बिहान ट्र्याक्टर दुर्घटनामा मृत्युु भएका दुवै जनाको सनाखत भएको छ । जिल्लाको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वीबहादुर सिंह राजमार्गको पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा ट्र्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका ३० वर्षीय राजेश चौधरी र बैतडीको पाटन–१० पनालीका ५० वर्षीय मानबहादुर विष्ट रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । उनीहरू दुवै जनाको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाका कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस