८ पुष २०८२, मंगलवार
,
Latest
जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्को व्यवस्था नभएसम्म लुम्बिनीमा चौधरी कामचलाउ



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेश प्रमुखले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको राजीनामा स्वीकृत गरेका छन् ।

शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले चौधरीको राजीनामा स्वीकृत गरेका हुन् ।

साथै, प्रमुख शेरचनले अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न निर्देशन दिएका छन् ।

चौधरीको राजीनामा स्वीकृत भएपछि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्री पदको लागि दाबी पेश गरेका छन् । उनले एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ ४४ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् ।