२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सलमानको फिल्म ‘मैने प्यार किया’ हेरेर सलमानसँग बिहे गर्न मुम्बई प्रवेश गरे’- अभिनेत्री सोमी



अ+ अ-

एजेन्सी । अभिनेत्री सोमी अलीले सलमान खानसँग आफ्नो सम्बन्धबारे रोचक जानकारी सार्वजनिक गरेकी छन्। पाकिस्तानमा जन्मेकी सोमी १२ वर्षको उमेरमा आफ्नो परिवारसँग फ्लोरिडा, अमेरिका बसाइ सरेकी हुन्।

उनले हालै बम्बे टाइम्मसँग आफू मुम्बई आउनु र बलिउड प्रवेश गर्नुको कारण बताएकी छन्। उनले भनेकी छन्, 'अभिनेता सलमान खानसँग विवाह गर्ने सपना यसको मुख्य कारण थियो।'

उनी १६ वर्षको उमेरमा अभिभावकसँग जिद्दी गरेर भारत आएकी थिइन्। बम्बे टाइम्ससँगको अन्तर्वार्तामा सोमीले किशोरावस्थामा भारत आउनुको मुख्य उद्देश्य खुलाएकी हुन्। उनले आफूलाई कहिल्यै फिल्म क्षेत्रमा लाग्छु भन्ने नलागेको तर सलमान खानसँग विवाह गर्ने सपना देखेकै कारण यस क्षेत्रमा लागेको बताएकी छन्। 

‘सन् १९९१ को कुरा हो। त्योबेला म जम्मा १६ वर्षकी थिएँ। मैले सलमानको फिल्म ‘मैने प्यार किया’ हेरेकी थिएँ। त्यसपछि ‘अब म यही केटासँग मात्र विवाह गर्छु’ भन्ने भयो,’ सोमीले अन्तर्वार्तामा भनेकी छन्, ‘ममीलाई भोलिपल्ट नै भारत जान्छु भनेँ। तर उहाँले मान्नु भएन। सलमान खानसँग विवाह गर्न मन छ, त्यसैले म भारत जानैपर्छ भन्दै ममीलाई फकाएँ।’

सोमीको जिद्दीपछि उनकी आमाले सोमीको बुवासँग कुरा गरे। सोमीकी आमा इराकी हुन् र बुवा पाकिस्तानी। सोमीका अनुसार उनकी आमाले बुवासँग आफ्नो नातेदार भेट्न मुम्बई जाने रहर भएको बताइन्। उनीहरू राजी भए। सोमी मुम्बई प्रवेश गरिन्। 

यहाँ आएर उनी पाँचतारे होटलमा बसिन्। तर त्यहाँ मान्छेहरू उनको मजाक उडाउन थाले। किनभने सोमी त्यतिन्जेल ‘संघर्षरत अभिनेत्री’ थिइन्। तर उनले सबै कुरा बेवास्ता गरिन्। 

मुम्बई आएर सोमीले सन् १९९१ देखि १९९८ सम्ममा थुप्रै मोडलिङ प्रोजेक्टमा काम गरिन्। अन्त (१९९४), कृष्ण अवतार (१९९३), आओ प्यार करे (१९९४) लगायत १० फिल्ममा अभिनय गरिन्। 

फिल्म क्षेत्रमा प्रवेशसँगै सोमी र सलमान खानले डेट गर्न थाले। उनीहरूको सम्बन्ध सन् १९९९ मा टुट्यो। सम्बन्ध टुटेपछि सोमी अमेरिका फर्किन् र आफ्नो पढाइलाई निरन्तरता दिन थालिन्। 

सोमीका अनुसार उनीहरू यतिबेला सम्पर्कमा छैनन्। तर सोमीले सलमान खानकी आमा सलमा खानसँग भने पछिल्लो वर्ष भेटेकी थिइन्। सलमान र सोमीले झन्डै ८ वर्ष एक अर्कासँग डेट गरेका थिए।