९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सलमानको फिल्म ‘मैने प्यार किया’ हेरेर सलमानसँग बिहे गर्न मुम्बई प्रवेश गरे’- अभिनेत्री सोमी



अ+ अ-

एजेन्सी । अभिनेत्री सोमी अलीले सलमान खानसँग आफ्नो सम्बन्धबारे रोचक जानकारी सार्वजनिक गरेकी छन्। पाकिस्तानमा जन्मेकी सोमी १२ वर्षको उमेरमा आफ्नो परिवारसँग फ्लोरिडा, अमेरिका बसाइ सरेकी हुन्।

उनले हालै बम्बे टाइम्मसँग आफू मुम्बई आउनु र बलिउड प्रवेश गर्नुको कारण बताएकी छन्। उनले भनेकी छन्, 'अभिनेता सलमान खानसँग विवाह गर्ने सपना यसको मुख्य कारण थियो।'

उनी १६ वर्षको उमेरमा अभिभावकसँग जिद्दी गरेर भारत आएकी थिइन्। बम्बे टाइम्ससँगको अन्तर्वार्तामा सोमीले किशोरावस्थामा भारत आउनुको मुख्य उद्देश्य खुलाएकी हुन्। उनले आफूलाई कहिल्यै फिल्म क्षेत्रमा लाग्छु भन्ने नलागेको तर सलमान खानसँग विवाह गर्ने सपना देखेकै कारण यस क्षेत्रमा लागेको बताएकी छन्। 

‘सन् १९९१ को कुरा हो। त्योबेला म जम्मा १६ वर्षकी थिएँ। मैले सलमानको फिल्म ‘मैने प्यार किया’ हेरेकी थिएँ। त्यसपछि ‘अब म यही केटासँग मात्र विवाह गर्छु’ भन्ने भयो,’ सोमीले अन्तर्वार्तामा भनेकी छन्, ‘ममीलाई भोलिपल्ट नै भारत जान्छु भनेँ। तर उहाँले मान्नु भएन। सलमान खानसँग विवाह गर्न मन छ, त्यसैले म भारत जानैपर्छ भन्दै ममीलाई फकाएँ।’

सोमीको जिद्दीपछि उनकी आमाले सोमीको बुवासँग कुरा गरे। सोमीकी आमा इराकी हुन् र बुवा पाकिस्तानी। सोमीका अनुसार उनकी आमाले बुवासँग आफ्नो नातेदार भेट्न मुम्बई जाने रहर भएको बताइन्। उनीहरू राजी भए। सोमी मुम्बई प्रवेश गरिन्। 

यहाँ आएर उनी पाँचतारे होटलमा बसिन्। तर त्यहाँ मान्छेहरू उनको मजाक उडाउन थाले। किनभने सोमी त्यतिन्जेल ‘संघर्षरत अभिनेत्री’ थिइन्। तर उनले सबै कुरा बेवास्ता गरिन्। 

मुम्बई आएर सोमीले सन् १९९१ देखि १९९८ सम्ममा थुप्रै मोडलिङ प्रोजेक्टमा काम गरिन्। अन्त (१९९४), कृष्ण अवतार (१९९३), आओ प्यार करे (१९९४) लगायत १० फिल्ममा अभिनय गरिन्। 

फिल्म क्षेत्रमा प्रवेशसँगै सोमी र सलमान खानले डेट गर्न थाले। उनीहरूको सम्बन्ध सन् १९९९ मा टुट्यो। सम्बन्ध टुटेपछि सोमी अमेरिका फर्किन् र आफ्नो पढाइलाई निरन्तरता दिन थालिन्। 

सोमीका अनुसार उनीहरू यतिबेला सम्पर्कमा छैनन्। तर सोमीले सलमान खानकी आमा सलमा खानसँग भने पछिल्लो वर्ष भेटेकी थिइन्। सलमान र सोमीले झन्डै ८ वर्ष एक अर्कासँग डेट गरेका थिए।