२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शामीको स्थानमा सन्दीपले गुजरातबाट आईपीएल खेल्ने



अ+ अ-

एजेन्सी । आईपीएल टोली गुजरात टाइटन्सले मोहम्मद शामीको स्थानमा नयाँ खेलाडीलाई खेलाउने भएको छ । मोहम्मद शामीको स्थानमा सन्दीप वारियर गुजरात टाइटन्सको जर्सीमा देखिनेछन् ।

सन्दीप वारियरले २०२१ मा भारतका लागि टी–२० डेब्यु गरेका थिए । उनले घरेलु क्रिकेटमा तमिलनाडुको प्रतिनिधित्व गरेका थिए । यसबाहेक उनी आईपीएलमा कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्सको पनि हिस्सा भइसकेका छन् ।

मोहम्मद शामीको हालै शल्यक्रिया भएको थियो । उनी चोटका कारण हाल क्रिकेटबाट बाहिर छन् ।

यसैबीच हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको मुम्बई इन्डियन्सले घाइते दिलशान मधुशंकाको स्थानमा टोलीमा नयाँ खेलाडी समावेश गरेको छ । मुम्बई इन्डियन्सले दिलशान मधुशंकाको स्थानमा जुनियर रबाडा भनेर चिनिने क्वेना माफाकालाई समावेश गरेको छ । हालै माफाकाले यू–१९ विश्वकपमा आफ्नो प्रतिभा देखाएका थिए । त्यसपछि माफाकाको तुलना दक्षिण अफ्रिकाका महान बलर कागिसो रबाडासँग हुन थाल्यो ।

मुम्बई इन्डियन्स र गुजरात टाइटन्स मार्च २४मा आमने सामने हुनेछन् । दुबैको सिजनमा पहिलो खेल हुनेछ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दुवै टोली भिड्नेछन् । मुम्बई इन्डियन्सको कप्तान हार्दिक पाण्ड्या हुनेछन् । यस्तै गुजरात टाइटन्सको नेतृत्व युवा ओपनर शुभमन गिलले गर्नेछन् ।