• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अपराध अनुसन्धानका इन्सपेक्टर पक्राउ ★   सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण ★   दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो ★   विश्वकप छनोट: नेपाल र युएई भिड्दै ★   मधेश प्रदेशको मुख्यमन्त्रीमना सतिश सिंहलाई उम्मेदवार बनाउने जनमतको निर्णय ★   टी–२० विश्वकपः अष्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो ★   १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति दिन निजी विद्यालयलाई काठमाडौं महानगरपालिकाको निर्देशन ★   एमाले सुनसरीका अध्यक्ष निलमको निधन ★   सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार ★   गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

‘डंकी’अघि शाहरुखले राजकुमार हिरानीका यी दुई सुपरहिट फिल्मलाई अस्वीकार गरेका थिए



एजेन्सी । शाहरुख खानको फिल्म ‘डंकी’ रिलिज भएको छ र फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ । निर्देशक राजकुमार हिरानीको फिल्ममा शाहरुख पहिलो पटक देखिएका हुन् ।

यसअघि हिरानीले पाँचवटा फिल्म बनाए, जसमध्ये दुईवटा शाहरुख खानलाई अफर गरिएको थियो तर दुवै पटक शाहरुखले ती हिट फिल्मलाई अस्वीकार गरे ।

प्रसिद्ध फिल्ममेकर राजकुमार हिरानीले आफ्नो करियरमा हालसम्म पाँचवटा फिल्म निर्देशन गरिसकेका छन् र ती सबै ब्लकबस्टर हिट साबित भएका छन् । डंकी उनको छैटौं फिल्म हो जसमा शाहरुख खान देखिएका छन् । तर के तपाईलाई थाहा छ हिरानी आफ्नो पहिलो फिल्ममा शाहरुख खानलाई नायकको रुपमा कास्ट गर्न चाहन्थे । यो फिल्म सन् २००३ मा रिलिज भएको ‘मुन्ना भाई एमबीबीएस’ थियो ।

यस फिल्मका लागि सबैभन्दा पहिले शाहरुख खानलाई अप्रोच गरिएको थियो तर केही कारणले शाहरुखले मानेनन् । त्यसपछि मुन्ना भाईको यो आइकोनिक भूमिका सञ्जय दत्तको हातमा गयो र उनले यो फिल्मबाट निकै तारिफ पाए ।

मुन्ना भाइ एमबीबीएस मात्र होइन, यसअघि शाहरुख खानलाई फिल्म ‘३ इडियट्स’को अफर पनि आएको थियो तर अभिनेताले त्यसलाई पनि अस्वीकार गरेका थिए । पछि यो फिल्ममा आमिर खानले मुख्य भूमिका निभाएका थिए भने फिल्ममा आर माधवन र शरमन जोशी पनि देखिएका थिए ।

यी दुवै फिल्मले आफ्नो बजेटभन्दा धेरै गुणा बढी कमाई गरे र सुपरहिट फिल्मको सूचीमा परे । यसका साथै आफ्नो दमदार कथाका कारण पनि सबैको मनपर्ने फिल्म बन्यो ।