२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१

‘फास्ट एन्ड फ्युरियस’ अभिनेता भिन डिजेलमाथि यौन उत्पीडनको आरोप

‘फास्ट एन्ड फ्युरियस’ अभिनेता भिन डिजेलमाथि यौन उत्पीडनको आरोप
अ अ+ अ-

एजेन्सी । चर्चित हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’ स्टार भिन डिजेल समस्यामा परेका छन् । उनका पूर्व सहायकले उनीमाथि यौन उत्पीडन जस्ता गम्भीर आरोप लगाएकी छन् ।

बिहीबार लस एन्जलसमा दायर मुद्दाका अनुसार हलिउड स्टार भिन डिजेलका सहायकका रूपमा काम गरिरहेकी आस्टा जोनासनले आफू सन् २०१० मा भिन डिजेलसँग ‘फास्ट फाइभ’को सुटिङका ​​लागि एटलान्टामा हुँदा हलिउड स्टारले उनलाई जर्जियाको एक होटलको कोठामा थुनेर उनको अगाडि निकै लज्जास्पद कार्य गरी यौन उत्पीडन गरेको आरोप छ ।

सहायक एस्टा जोनासनले होटलको भित्तामा उभिएर उनको अगाडि हस्तमैथुन गरेको दाबी गरेकी छन् । कानुनी उजुरीका अनुसार जोनासनले भिन डिजेलको फिल्म कम्पनीमा धेरै वर्षदेखि काम गर्दै आएकी थिइन्, उनको सामाजिक कार्यक्रममा सहभागी हुनेदेखि लिएर उनको तस्बिर र कार्यक्रमहरूसम्म सबै कुराको ख्याल राख्दै थिइन् । जोनासनको प्रतिनिधित्व गर्ने ग्रीनबर्ग ग्रोसले यो कुरा बताए ।

द हलिउड रिपोर्टरका अनुसार भिन डिजेलका वकिल ब्रायन फ्राइडम्यानले भने ‘फास्ट एन्ड फ्युरियस’ अभिनेताको पक्षमा बोल्दै अभिनेताका सहायकले लगाएका सबै आरोप अस्वीकार गरेका छन् ।