८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी भित्र्याउन स्थानीय तहबीच प्रतिस्पर्धा हुनु सकारात्मकः वरिष्ठ उपाध्यक्ष ढकाल



अ+ अ-

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय आफ्नो क्षेत्रमा लगानी भित्र्याउन स्थानीय सरकारबीच देखिएको प्रतिस्पर्धा सकारात्मक भएको बताउनुभएको छ । उहाँले स्थानीय तथा प्रदेश सरकारबीचको यस्तो प्रतिस्पर्धालाई निजी क्षेत्रले सकारात्मक र सुखद् संकेतको रुपमा लिएको बताउनुभयो ।  

कैलाली उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधारणसभालाई शनिबार धनगढीमा सम्बोधन गर्दै महासंघ वरिष्ठ उपाध्यक्ष ढकालले आफू विभिन्न जिल्लाका कार्यक्रममा जाँदा लगानीका लागि प्रदेश र स्थानीय सरकारबाटै आह्वान भइरहेको जानकारी दिनुभयो ।

“म हिजोमात्र वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा गएको थिएँ, त्यहाँ प्रदेश सरकार र वीरगञ्ज उपमहानगरपालिकाले लगानीका लागि आग्रह गर्नुभयो, यस्तै आग्रह मुलुकका धेरै स्थानबाट आइरहेको छ,” वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “यस्ता आग्रह र प्रस्तावलाई हामी निजी क्षेत्रले सकारात्मक रुपमा लिएका छौं ।”

ढकालले निजी क्षेत्रको नेतृत्व स्थानीय सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुहुँदै सुदूरपश्चिम प्रदेशभित्र कृषि, पर्यटन, उत्पादनमूलक तथा जडिबुटी प्रशोधन लगायतका क्षेत्रमा सम्भावनाका क्षेत्रमा आफूहरुले सहकार्य गर्न चाहेको जानकारी दिनुभयो ।

“स्थानीय र प्रदेश सरकारबाट सहजीकरण हुन सकेमा हामीले धेरै गर्न सक्छौं,” उहाँले भन्नुभयो । सुदूरपश्चिम ठूलो सम्भावना भएको क्षेत्र भएको र आफू बारम्बार आइरहने उल्लेख गर्दै व्यावसायिक साझेदारीको पनि सम्भावना रहेको बताउनुभयो ।

आईएमई समूहका अध्यक्षसमेत रहेका ढकालले आफू सहकार्यको सिद्धान्तको पक्षपाती भएको उल्लेख गर्नुहुँदै चिसापानीमा पर्यटकस्तरीय होटलसहित केबलकार लगानी अघि बढाइएको जानकारी दिनुभयो । अब उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आतुर रहेको पनि उहाँले बताउनुभयो ।

जिल्ला उद्योग वाणिज्य संघले ठूला उद्यमीसँग सहकार्यका लागि सहजीकरण गर्न सक्नुपर्ने उल्लेख गर्दै ढकालले महासंघ अध्यक्ष शेखर गोल्छासँग आफूले सुदूरपश्चिममा निजी क्षेत्रको संयुक्त लगानीका विषयमा आफूले छलफल गरेको र उहाँ सकारात्मक रहेको पनि जानकारी दिनुभयो ।

“प्रदेश तथा स्थानीय सरकारको तर्फबाट सहजीकरण गरिदिनु भयो भने छोटो समयमै देखिनेगरी काम गर्नेछौं,” उहाँले भन्नुभयो ।

धनगढी विमानस्थल निर्माणका क्रममा उद्योग वाणिज्य संघ र नेउवा महासंघको पहलको स्मरण गर्दै ढकालले प्रदेशका स्थानीयको एक एक रुपैयाँ सहभागितामा निर्माण भएको विमानस्थल यस क्षेत्रकै गौरव भएको धारणा पनि राख्नुभयो ।