२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा रारा गोल्डकपः मच्छिन्द्रलाई हराउँदै अफ्रिकन रुट्स सेमिफाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रमाथि जित निकाल्दै अफ्रिकन रुट्स एसोसियसन पोखरामा जारी १९औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

पोखरा रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा मच्छिन्द्रमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । हेटौडामा बागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाको लागि फर्किनुअघि अप्र्रिmकन रुट्स आहा राराको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

शारीरिक रुपमा अग्ला र बलिया अफ्रिकनले शुरुवातदेखि नै दबाव बनाई राख्यो । खेलको २३ औं मिनेटमा म्यान अफ दि म्याच मोउसाले गोल गर्दै अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलको ८३ औं मिनेटमा डिजोमो क्रस पासमा एनजिमीले गोल गर्दै अफ्रिकन रुट्स एशोसियसनलाई २–० गोलको अग्रतामा पुर्याएका थिए । 

पछि परेसँगै दबाबमा परेको मच्छिन्द्रले आक्रामक खेल्दा अतिरिक्त समयमा अभिषेक रिजालले गोलबाट अग्रता छोट्याउन पुगेको थियो । बाँकी समयमा थप गोल हुन सकेन र अफ्रिन टोली विजयी भयो । पराजयसँगै मच्छिन्द्र पोखराको बसाई छोट्याउँदै आहा रारा गोल्डकपबाट बिदा हुन पुग्यो । सोमबार मनाङ मस्र्याङदीले संकटा विरुद्ध खेल्ने छ ।