७ मंसिर २०८१, शुक्रबार
,
Latest
अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयोः प्रधानमन्त्री ओली विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छः अध्यक्ष दाहाल चीनको भ्रमण घुम्नका लागि होईन : प्रधानमन्त्री २०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छः प्रधानमन्त्री ओली विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौंः प्रधानमन्त्री चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागुः विदेश मन्त्रालय सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल दुर्गा प्रसाईंले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गानरीको निर्णय: राष्ट्रिय मानव अधिकार आयोग ‘क’ श्रेणीमा नै कायम-पत्र सहित



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको संस्था ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले राष्ट्रिय मानव अधिकार आयोगको ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेको छ ।

गानरीको बैठकले राष्ट्रिय मानव अधिकार आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको पत्र प्राप्त भएको आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार पेरिस सिद्धान्त अनुरुप आयोगले काम गर्ने प्रतिबद्धता तथा कानून शंसोधनमा सरकार र आयोग सरकारात्मक भएको भन्दै क’ श्रेणीमा नै राख्ने निर्णय गरेका हो ।

‘गानरी’ले सोधेका सबै प्रश्नको जवाफ र आयोगको धारणा स्पष्ट रुपमा राखेका कारण श्रेणि कायम रहे आयोगका का. मु .सचिव मुरारी खरेलले न्यूजपोलारलाई जानकारी दिनुभयो ।

केही मानव अधिकारवादीहरुले आयोगको नियुक्ति असंवैधानिक भन्दै गानरीमा उजुरी गरेपछि एक वर्षअघि यसबारे छानबिन समिति गठन गरिएको थियो । समितिले निर्णय सच्चिने एक वर्षको अवधि राख्दै यही अवस्था रहिरहे आयोगको श्रेणी घटुवा गर्न सिफारिस समेत गरेको थियो ।

यसैबीच लामो समयदेखि रोकिएको राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी कानून बनाउने प्रक्रिया अघि बढेको छ ।

गानरीमा १२० वटा देश सदस्य छन् । त्यसमध्ये ८८ वटा देश ‘क’ र ३२ वटा ‘ख’ वर्गमा छन् । यीबाहेकका अन्य देश यसमा सदस्य नै छैनन् ।

SCA_recommends_the_NHRCN_maintains_its_A_Status